सेती नदीमा निर्माणधीन पुल भाँचियो, ३ कामदार लडेर घाइते

काम गरिहेको बेला नै पुलको दुवैतर्फका टावर भाँचिए
निर्माण सञ्चार, डोटी | ठेकेदारको चरम लापराबाहीले सेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिएको छ ।

गुणस्तरहीन सामाग्रीको प्रयोग गरी बनाइएको पुल नर्माण सम्पन्न नहुँदै भाँचिएपछि तीनजना कामदार समेत लडेर घाइते भएका छन् ।

शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिएको हो । स्थानीयका अनुसार निर्माण कार्य आन्तिम चरणमा पुगेपछि पुल भाँचिएको छ ।

पुल भाँचिएर घाइते भएका तीनमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । बाँकी घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ ।

पुलबाट लडेर घाइते हुनेमा सुनसरीको औराहवनीका २४ वर्षीय दिलिपकुमार यादव, सोही ठाउँका गम्भीर घाइते २० वर्षीय यवराज चौधरी र २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन् ।

पुलको काम गरिरहेको समयमा नै पुलको दुवैतर्फका टावरहरु (पिलर) भाँचिएर नदीमा खसेको थियो ।

ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज दिलबहादुर कुवँरले पुलका लठ्ठाहरु नकसिएका कारण टावर भाँचिएको हुनसक्ने बताए ।

यस पुल निर्माणको जिम्मा आङ्गदावा शेर्पा सञ्चालक रहेको खम्बाचो–सविना शेर्पा निर्माण सेवा प्रालि चाबहिल काठमाडौंले लिएको थियो ।

...

बुधबार २३ जेठ २०७५ 

प्रतिक्रिया

Related