समयमै काम नगर्ने निर्माण व्यवसायी बरमजंग बम प्रक्राउ

नाग्म–गमगढी राजमार्गको काम अलपत्र
निर्माण सञ्चार, जुम्ला | तोकिएको समयमा काम नगरेको भन्दै जुम्लाका निर्माण व्यवसायी बरमजंग बमलाई प्रहरीले पक्राउ गरेको छ ।

नाग्म–गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका बमले तोकिएको म्याद सकिनै लाग्दासम्म पूरा नगरेपछि पक्राउ गरिएको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनात्मक आदेशमा प्रहरीले पक्राउ गरेको छ ।

रश्मि निर्माण सेवा कालिकोटका प्रोपाईटर रहेका बमले नाग्म गमगढी सडक अन्तर्गत ९३ किलोमिटर रहेको मुगुको झ्यारीदेखि डुम गाउँसम्मको १० किलोमिटर सडक सुधार गर्ने जिम्मा लिएका थिए ।

उनलाई उपस्थिति गराई दिन भनी मुगु प्रशासनले दिएको निर्देशनअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डाक्टर तपन दाहालले जानकारी दिए ।

जुम्लाका निमित्त डिभिजन प्रमुख माधवप्रसाद अधिकारीका अनुसार २०७४ जेठ ३० गतेसम्म उक्त सडकको काम सकिनुपर्ने थियो ।

काम अलपत्र अवस्थामा पारेर चरम लापरवाही गरेको हुँदा सोधपुछ गर्न जुम्लाबाट नियन्त्रणमा लिईएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

पटक पटक डिभिजन सडक कार्यालयले बोलाउँदा पनि सम्पर्कमा नआएपछि पक्राउ गरेरै बुझ्नुपर्ने भएको उनको भनाई छ ।

जुम्लाबाट नेत्र शाही

...

बुधबार २२ जेठ २०७५ 

प्रतिक्रिया

Related