सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपियाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ रकम दाबी गर्न पाइनेछ ।

सोहीअनुसार बैंकको भैसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचार खर्च ८०,२५६ बराबरको रकम बैंकका नायब महाप्रबन्धक रविन नेपालले प्रदान गरेका छन् ।

बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गर्दै आएको छ ।

...

मंगलबार २१ जेठ २०७५ 

प्रतिक्रिया

Related