टानद्वारा स्वयम्भू क्षेत्रमा दोस्रो सरसफाई तथा जनचेतना अभियान

‘प्लास्टिक प्रदुषण निर्मुल पारौँ, पुनःप्रयोग गर्न नसके बहिस्कार गरौँ ’ नारासहितको अभियान
निर्माण सञ्चार, काठमाडौँ | ४४ औं विश्व वातावरण दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले स्वयम्भू क्षेत्रमा दोस्रो सरसफाई तथा जनचेतना अभियानको आयोजना गरेको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, दिपक राज जोशीका प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटना गरिएको थियो ।

मंगलबार बिहान ७ बजे स्वयम्भू, बुद्ध पार्कबाट सुरु गरिएको सो अभियान बिहान १० बजे आनन्दकुटि, स्वयम्भूमा गई समापन गरिएको हो ।

‘प्लास्टिक प्रदुषण निर्मुल पारौः पुर्नप्रयोग गर्न नसके बहिस्कार गरौं’ भन्ने मूल नाराका साथ विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथ परिसरमा सरसफाई तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको टानले बताएको छ ।

टानका अध्यक्ष नवराज दहालले भने ‘पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको स्वयम्भू क्षेत्रमा सरसफाई र जनचेतना कार्यक्रम आयोजना गरियो ।’

नेपालको वातावरण दिनहुँ प्रदुषित हुँदै गइरहेका कारण टानले स्वयभूलाई मात्रै केन्द्रित नगरी केही समय अगाडि ठमेलबाट यस अभियानको सुरुवात गरेको अध्यक्ष दाहालको भनाई छ ।

टानले आउँदो दिनहरुमा पनि यस अभियानलाई जारी राख्ने उनले दाबी गरे ।

कार्यक्रमका प्रमुख अथिति जोशिले नेपालको पर्यटन क्षेत्रमा प्रकृति र संस्कृति दुवैको ठूलो भूमिका हुने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

नेपालको पर्यटकीय गन्तव्यमा करिब ९०.५ प्राकृतिक सुन्दरता भएको हुँदा स्थानीय तहदेखि नै यसबारे जनचेतना गराउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमको समापनमा पर्वातारोहण तथा वातावरण विभागका संयोजक पि.के. शेर्पाले पर्यटन र वातावरणको गहिरो सम्बन्ध रहेको कारण सबै पर्यटन व्यवसायी तथा स्थानीयहरुले वतावरण असन्तुलनबाट पर्यटन क्षेत्रमा आउने चुनौतिलाई बुझेर यस्ता अभियानलाई अगाडि बढाउनुपर्ने बताए ।

सो कार्यक्रममा स्वयम्भू क्षेत्रका डि.एस.पि. सुडिन शाही, पर्यटक प्रहरीका निरीक्षक रुपा थापा, मनाङ्ग समाजका प्रतिनिधिहरु, लिभ टू लभका प्रतिनिधिहरु, नाथमका विद्यार्थीको सहभागी रहेको थियो ।

...

मंगलबार २१ जेठ २०७५ 

प्रतिक्रिया

Related