प्राधिकरणप्रति सरकार असन्तुष्टः ‘वर्षभित्र पुनर्निर्माण सकिएको सुन्न पाउँ’

प्राधिकरणको सिइओ फेरिने सङ्केत !
निर्माण सञ्चार, काठमाडौँ । २०७२ साल वैशाखमा गएको भूकम्पपछि पुनर्निर्माण प्राधिकरण गठन भएको थियो । पुनर्निर्माणको स्थापना गराउने सुशिल ज्ञवालीको महत्वपूर्ण भूमिका रहेको छ ।

उनले प्राधिकरणलाई जनतामूखी बनाउन काम कारबाही चलाइरहेको बेला परिवर्तन भएको कांग्रेस समर्थित प्रचण्डको सरकारले सुशिल ज्ञवालीलाई हटाइ उक्त स्थानमा गोविन्द पोखरेललाई ल्यायो ।

गोविन्द पोखरेल कांग्रेसका नेता हुन् । उनले प्राधिकरणलाई कहिल्यै पनि सही मार्गमा डोर्याएनन् ।

पोखरेलले प्राधिकरणलाई तहसनहस बनाए । पछि शेरबहादुर देउवाको समर्थनपछि पोखरेलको ठाउँमा युवराज भुषाललाई ल्याए । प्राधिकरण यसरी नै अघि बढिरहेको छ ।

प्राधिकरणले उल्लेख्य काम गर्न नसकेको कारण समय समयमा विवादमा पर्दै गयो । धरासायी बन्दै गरेको प्राधिकरणले गरेको क्रियाकलापप्रति अर्थमन्त्री खतिवडाले पनि असन्तुष्ट व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘निजी आवास पुनर्निर्माणसम्बन्धी समस्या पहिचान र समाधान’ विषयक अन्तक्रियामा बोल्दै खतिवडाले वर्षदिनभित्र पुनर्निर्माणको काम सक्नुपर्ने तर त्यसअनुसार काम नभएको भन्दै असन्तुष्टी जनाएका छन् ।

अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठीलगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यकाभित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत पनि गराए ।

उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनर्निर्माणको काममा सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरे । अर्थमन्त्री खतिवडाले पुनर्निर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे ।

एक वषभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अर्ब बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सिइओ फेरिने सङ्केत

प्राधिकरणलाई स्थापना गर्दै राम्रो काम गर्दै आएको सिइओ सुशिल ज्ञवलीलाई विभिन्न अनावश्यक बाहाना बनाउँदै प्रचण्ड प्रधानमन्त्रीको सरकारले हटाएको थियो । त्यसपछि पनि अहिलेसम्म तीन वटा सिइओ आइसकेका छन् ।

यही क्रमअनुसार अहिले भइरहेका सिइओ पनि नफेरिइ बस्लान भन्न सक्ने अवस्था छैन । अर्थमन्त्री खतिवडाले वैदेशिक अनुदान सहायताबाट पुनर्निर्माणका लागि ऋण स्वरुप लिइएको रकम दुरुपयोग नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।

उनले पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिए । अर्थमन्त्री खतिवडाले विकास, सुशासन र विपद् व्यवस्थापनको कामलाई सम्पन्न गर्ने दायित्व पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए ।

...

बुधबार २३, जेठ ०७५

प्रतिक्रिया

Related