सनराइज बैंकले गोटीखेलमा गर्यो शाखा विस्तार

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंक लिमिटेडले बुधबार ललितपुरकोे महाँकाल गाउँपालिका वडा नं ३, गोटीखेलमा आफ्नो ८३ औं शाखा विस्तार गरेको छ ।

महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक श्री रबिन नेपालले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने विश्वास लिनुका साथै सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

बैंकले नयाँ सेवा विस्तार गर्याे

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाखसम्मको खर्च सोध भर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परीक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था बैंकले मिलाइएको छ ।

यसैगरी, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाखसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

एटिएम विस्तार
यसैगरी यस बैंकले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट महाराजगंजमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।


चिरायु अस्पताल एटिएमको शुभारम्भ संचालक श्री भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य श्री चन्देश्वर बैधले संयुक्त रुपमा गरेका थिए ।
हाल सनराइज बैंकका मुलुकभर ९६ वटा एटिएम सेवा विस्तार भइसकेको छ ।

...

शुक्रबार २५, जेठ ०७५

प्रतिक्रिया

Related