इशान कन्ट्रक्सनको लापरबाहीः ६ वर्षमा पनि बनेन महादेवस्थानको पुल

रड, सिमेन्ट, गिटी र बालुवाको पनि उधारो तिरेनन्
निर्माण सञ्चार, काठमाडौँ । पृथ्वीराजमार्गसँगै जोडिएको थाक्रेस्थित महादेव खोलामा २५ मिटर लम्बाइको मोटरेबल पुल निर्माण गर्न इशान कन्ट्रक्सनले जिम्मा लिएको ६ वर्ष नाघिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन ।

डिभिजन सडकसँग १ करोड ५२ लाख ७ हजार २ सय २६ रुपैयाँ ६७ पैसामा ठेक्का लिएका थिए । निर्माण ठेक्का लिने ठेकेदार अर्जुन सिम्खडा र केशव अर्यालले मोटरेबल पुल बनाउन पसलबाट लिएको रड, सिमेन्ट, बालुवाको उधारोसमेत तिरेका छैनन् ।

सम्झौताअनुसार पुल २०७० असार २१ गते नै निर्माण सम्पन्न गरी सक्नुपर्ने थियो । पुल निर्माण भए थाक्रे, गल्छी तथा नुवाकोट कुमरितर्फका कृषि क्षेत्रका स्थानीयले प्रत्यक्ष लाभान्वित हुन्छन् ।

मलेखुकाे सडक मर्मत पनि प्रभावित

पृथ्वीराजमार्गसँगै जोडिएको मलेखु भण्डारा ठोरी सडक निर्माण तथा मर्मत गर्न २०६९ साल चैत ३० मा २ खण्डका लागि १ करोड ३२ लाख १ हजार २ सय ४७ रुपियाँमा सम्झौता गरी २०७० मंसिर ३० मा योजना सम्पन्न गर्ने सर्त थियो । तर उक्त कार्य पनि अहिले अधुरै अवस्थामा छाडिएको छ ।

निर्माण सम्झौता गर्ने आजीवन न्यु तीनकन्या जेभी कम्पनी भुवन त्रिपाठीको हो । उनी हाल बेनीघाट रोरा वडा नं ३ का वडाअध्यक्ष हुन् ।

चीनको केरुङदेखि गल्छी–मलेखु–चितवन हँुदै भारतको सीमाक्षेत्र ठोरी जोड्ने सबैभन्दा छोटो चेपाङमार्ग पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।

१० किलोमिटर सडक पिच गर्न १० करोडमा ठेक्का लिएको शारदा निर्माण सेवाले हालै एक वर्षको पुनः म्याद थपेको छ । सबै निर्माण सामग्री उपलब्ध हुने पृथ्वीराजमार्ग र आसपासका अन्य ग्रामीण सडकसमेत ठेकेदारहरु निर्माणमा हेलचेक्रयाइँ गरेका हुन् ।

गृहमा पुग्यो समयमा काम नगर्ने ठेकेदारको नामावली 

वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको नाम सूची गृह मन्त्रालयमा पठाएर स्थानीय प्रशाासन पन्छिएको छ ।

जिल्लामा २०६८ सालमै योजना सम्झौता गरी हालसम्म पनि सम्पन्न नगर्ने निर्माण व्यवसायी खुलेआम घुमिरहेका छन् ।

ठेक्का दिने निकायले रुग्ण योजना भन्दै कालोसूचीमा राखेका २५ निर्माण कम्पनीका ३७ व्यवसायीको नाम आवश्यक कारबाहीको लागि गृह मन्त्रालयमा पठाएको छ ।

...

शुक्रबार २५, जेठ ०७५

प्रतिक्रिया

Related