खोटाङका पुनर्निर्माण अलमल्लः गाउँमा अझै पुगेनन् इन्जिनियर

इन्जिनियरको लापरवाहीप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्छ: वडाअध्यक्ष
निर्माण सञ्चार, काठमाडौँ । भूकम्पपछि पुनर्निर्माणको काम कतिपय स्थानमा अन्त्य हुने बेलासम्म खोटाङका स्थानीय तहमा इन्जिनियरसम्म पुगेका छैनन् ।

जिल्लाकै अन्य स्थानमा दोस्रो किस्ताको रकम बाँडिसकेपछि खोटाङकै बराहपोखरी र ऐसेलुखर्क गाउँपालिका भने अहिलेसम्म इन्जिनियरको उपस्थिती भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई महिनाअघि इन्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर आउन नमानेको गाउँपालिका प्रमुखहरूको भनाइ छ ।

ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भने, ‘इन्जिनियर नआएपछि भूकम्पपीडितसँगै हामी पनि अन्योलमा परेका छौं ।’

उनले थपे, ‘इन्जिनियरको लापरवाहीप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।’

प्राधिकरणले पठाएका इन्जिनियर आएर प्रमाणीकरण गरेका अन्य स्थानीय तहका लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझ्न सुरु गरिसकेका छन् ।

पहिलो किस्ता बुझेका जिल्लाका आठ हजार एक सय ७३ लाभग्राहीमध्ये अहिलेसम्म ७९ लाभग्राहीले दोस्रो किस्ता बापत एक लाख ५० हजारका दरले अनुदान बुझेका हुन् ।

पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएका छन् ।

प्राधिकरणले बेलामा दोस्रो किस्ता नपठाएपछि कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् । आठ हजार चार सय ४३ लाभग्राही रहेको खोटाङका कतिपयले डीपीसी गरेर दोस्रो किस्ताको प्रतीक्षा गरिरहेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिकासहित दस स्थानीय तह रहेको जिल्लामा पहिलो किस्ता बुझेर पनि घर निर्माण सुरु नै नगर्ने पनि छन् ।

भूकम्पपीडितले पहिलो किस्ता लिएर घर ठड्याउन थाले पनि दोस्रो किस्ता नपाउँदा निर्माणाधीन अधिकांश आवास बीचमै अलपत्र परेका छन् ।

अधिकतम भूकम्पपीडितले डीपीसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए ।

...

आइतबार २७, जेठ ०७५

प्रतिक्रिया

Related