व्यवसायीमाथिको धरपकड बन्द गर, निकासको लागि हातेमालो गरौँ– महासंघ

तोकिएको समयमा काम नसक्नु व्यवसायीको मात्र दोष छैन
निर्माण सञ्चार, काठमाडौँ । पछिल्लो समय निर्माण व्यवसायीको सिन्डिकेटको विरुद्धमा सरकारले चालेको ‘एक्सन’ प्रति निर्माण व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले कानून र विधिविपरीत सरकारले निर्माण व्यवसायीहरुमाथि धरपकड गरेको भन्दै उक्त कार्यप्रति घोर भत्र्सना गरेको छ ।

महासंघले राष्ट्र निर्माणमा सरकारसँग सहयात्रीको भूमिका निर्वाह गरेका व्यवसायीको भूमिकाको बारेमा ध्यानै नदिइ लोकतान्त्रिक मूल्य र मान्यताकै खिल्ली उडाएको आरोपसमेत लगाएको छ ।

निर्माण व्यवसायीहरुले समयमा काम नगरेको भन्दै सरकारले निर्माण व्यवसायीलाई पक्राउ गरिरहेको बेला महासंघले बिहीबार विज्ञप्ति निकालेर यसप्रति आपत्ति जनाएको हो ।

रामशरण देउजा द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट निर्माण व्यवसायीले समयमै निर्माण आयोजनाहरु सम्पन्न नगरेको निहुँमा कार्यस्थलबाटै लोकतिान्त्रिक मूल्य र मान्यताविपरीत धरपकड गर्ने काम भएको छ । यसप्रति हाम्रो आपत्ति छ ।’

कुनै पनि आयोजनाहरुमा संलग्न सबै पक्षहरुले सम्झौता डकुमेन्टमा तोकिए अनुसार आआफ्नो कर्तव्य र दायित्व पूरा गरे नगरेको अध्ययन अनुसन्धान नै नगरी चोर र हत्यारालाई पक्राउ गरेझैं व्यवसायीहरुलाई पक्राउ पुर्जीबिना नै पक्राउ गर्नु सार्वजनिक खरिद ऐन, नियमावली, निर्माण व्यवसाय ऐन, मौलिक हक समेतको खिलाफमा भएको महासंघले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

भौतिक पूर्वाधार आयोजनाहरु तोकिएको समयभित्र नसकिनुमा व्यवसायीलाई मात्र दोषी देखाउनु त्रुटिपूर्ण भएको भन्दै उसले दुवै पक्ष मिलेर समस्याको निराकरण गर्नुपर्ने सुझाव दिएको छ ।

...

बिहीबार ३१, जेठ ०७५

प्रतिक्रिया

Related