सुन काण्डका अभियुक्त केन्द्रीय कारागारमा, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइने

सरकार ! सुन काण्डमा मुछिएका प्रहरीलाई भ्रष्टाचारको सजायले मात्र पुग्छ ?
निर्माण सञ्चार, काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले सम्पत्ति शुद्धीकरणसहित भ्रष्टाचारको मुद्दा पनि खेप्नुपर्ने भएको छ ।

काठमाडौँ सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

सम्पत्ति शुद्धीकरण विभागका गजेन्द्र ठाकुरले भने, ‘अनुसन्धानका लागि काठमाडौं ल्याएका हौं ।’ उनले थपे, ‘अन्यलाई अभियुक्तलाई पनि क्रमैसँग ल्याउने छौँ ।’

उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । सम्पत्ति शुद्धिकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजाय हुन सक्छ ।

साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यको जफतसमेत गर्न सक्ने व्यवस्था छ ।

प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई काठमाडौं ल्याउने तयारी रहेको एक अधिकारीले बताए ।

याे पनि पढाैँ.....

सुन काण्ड प्रकरणः गोरे, एसएसपी खत्री र भुजुङलाई काठमाडौँ ल्याइँदै

...

शनिबार २८, जेठ ०७५

प्रतिक्रिया

Related