युएन पार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते

निर्माण सञ्चार, काठमाडौँ । ललितपुरको यूएन पार्कमा चलेको गोलीले लागी गुण्डा लामा अशोक लामा घाइते भएका छन् ।

सोमबार दिउँसो करिब साढे १ बजे महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए ।

गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् । उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।

...

शनिबार २८, जेठ ०७५

प्रतिक्रिया

Related