सुन तस्कर प्रकरणः सुन अनुसन्धान समितिको आरके ज्वेलर्समा छापा

निर्माण सञ्चार, काठमाडौँ । हिजोआज ३८ क्वीन्टल सुन तस्करी प्रकरणले बजार तथा सञ्चारमाध्याम तताएको छ ।

आजै बिहान सुन प्रकरणका प्रमुख अभियुक्त गोरेसहित तीनजनालाई आज काठमाडौँ केन्द्रीय कारागारमा ल्याइएको छ ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरी स्रोतले बतायो ।

दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको स्रोतको दाबी छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

...

शनिबार २८, जेठ ०७५

प्रतिक्रिया

Related