सनराइज बैंक लिमिटेडको शाखा जनकपूर र चन्द्रनिगाहपुरमा

निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले धनुषाको जनकपुरमा शाखा स्थापना गरेको छ ।

उक्त शाखा कार्यालय २७ गते (आइतबार) एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य, बैंकका संचालकद्धय ई.बच्छराज तातेड, ज्योति कुमार बेगानीले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचायको उपस्थितिमा भएको हो ।

यसैगरी, २८ गते (सोमबार) बैंकले रौतहटको सन्राइज बैंक लिमिटेडको शाखा जनकपूर र चन्द्रनिगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ ।

यस शाखाको उद्घाटन भने रविन्द्र महर्जन, बैंकका संचालकद्धय ई.बच्छराज तातेड ज्योति कुमार बेगानीले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा भएको थियो ।

शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” समेत प्रारम्भ गरेको छ ।

...

सोमबार, २८ जेठ २०७५ 

प्रतिक्रिया

Related