विश्वको नजर ट्रम्प र किम माथि– सिंगापुरको ‘ऐतिहासिक’ भेटवार्ताको के भयो उपलब्धि ?

सुरुआति वार्ता सम्पन्न, अब के हुन्छ त ?
निर्माण सञ्चार, एजेन्सी । यतिबेला विश्वको नजर सिंगापुरमा छ, जहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अभूतपूर्व ‘ऐतिहासिक’ वार्ता प्रक्रिया अघि बढेको छ । बिहानै भएको भेटवार्ता यतिबेला समाप्त भएको छ ।

आफ्नो भेटवार्तालाई ‘ऐतिहासिक’ बताएका अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली राष्ट्रपतिले यो भेटलाई सुनौलो अवसर’का रपमा अथ्र्याएका छन् ।

वार्ता सकिएपछि किमले ट्रम्पलार्इ अंग्रेजीमा भने, ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट,’ जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘भेरी भेरी गुड’ भनेका थिए ।

लामो समयदेखि एक अर्काेका दुश्मन’ जस्तै रहेको यी दुई देशले १८ महिना अघिसम्म एक अर्कालाई हमलाको धम्की दिइरहेका थिए ।

यतिबेला यी दुई देशको वार्ताले सकारात्मक बाटो लिएको विश्वले हेर्न चाहेको छ ।

सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा भएको यो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो । वार्ता पछि दुवै नेता आफ्ना देशका वरिष्ठ सलाहकार र सहयोगी दलसँग बैठकमा व्यस्त छन् ।

‘अभूतपूर्व क्षण’ भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यस घटनालाई प्रमुख महत्त्वका साथ कभरेज गरिरहेका छन् ।

के भयो एकान्त वार्तामा ?

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार दुई नेताहरुले एक आपसमा एकान्त वार्ता गरेका थिए । एकान्त वाता पछि बाहिर निस्कँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता ‘अतिउत्तम’ रहेको प्रतिक्रिया दिएका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरा अनुसार ट्रम्पले राष्ट्रपति किमसँग ‘उत्कृष्ट सम्बन्ध बनेको’ उल्लेख गरेका छन् । उनले बैठकलाई ‘भेरी भेरी गुड’ भनेका छन् ।

उत्तरकोरियाली राष्ट्रपति किमले ‘शान्तिको बिहानी सुरु भएको’ प्रतिक्रिया दिएका थिए । उनले भने, ‘विगतलाई बिर्सिएर अघि बढ्ने छौं ।’

दुवै राष्ट्रपतिको भनाइ छ, ‘हामी सफल हुनेछौँ।’ निजी वार्ता सकिएलगत्तै ट्रम्प र किम द्वीपक्षीय वार्ताहरूमा सहभागी भएका छन् ।

यस्तो भएको थियो वार्ता स्थलमा

तोकिएको समयमा दुवै नेताहरु वार्तास्थल पुगे । लगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । भेटवार्तामा दोभाषेले सहजकर्ताको भूमिका खेलेका थिए ।

भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले ट्विट गर्दै भनेका थिए, ‘सबै कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुन पाउँछ कि पाउँदैन छिट्टै थाहा हुनेछ ।’

उनले थप अघि भनेका थिए, ‘किम जोङ्ग उनसँगको यो भेट एक सम्मान हो । जसबाट हामीबीच एक उत्कृष्ट सम्वन्ध बन्ने विश्वास गर्दछु ।’

वार्तामा बस्नु केही समय अघि पत्रकारहरुको जवाफमा ट्रम्पले भने, ‘साँच्चै मलाई एकदम राम्रो लागिरहेको छ, हामी एकदम ठूलो कुरामा छलफल गर्न गइराखेका छौं । यो सफल होस् ।’

जवाफमा किमले भनेका थिए, ‘यहाँ आउन सहज थिएन । पुरानो पूर्वाग्रहमा हामी थियौं तर हामीले ति सबैलाई हटायौं,’ बिबिसीले उल्लेख गरेको छ ।

जवाफमा ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’

नयाँ साल नयाँ सुरुआत

विश्वकै नजर खिच्ने यो शिखर वार्ताको सुरुआत कसरी भयो भन्ने पनि रोचक छ । नयाँ वर्ष २०१८ को जनवरीसँगै नयाँ सुरुआत भयो ।

उत्तर कोरियाली शान्तिको पहल थाल्यो । मार्च महिनामा दक्षिण कोरियाले आफ्नो सुरक्षा सल्लाहकार र एक अधिकारीलाई उत्तर कोरिया पठायो ।

त्यसपछि दुवै अधिकारी ट्रम्पसँग वार्ताको प्रस्ताव लिएर अमेरिका गए । ट्रम्प सहमत पनि भए । तर, बीचमा फेरि खटपट सुरु भयो । अवस्था यस्तो भयो कि ट्रम्पले वार्ता नै रद्द गरेको घोषणा समेत गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले सो वर्ताबारे उल्लेख गर्दै लेखेका छन्—

तर, उत्तर कोरियाले फेरि वार्ताको पहल थाल्यो र अहिले विश्वकै सुन्दर र सुरक्षित सहर सिंगापुरमा दुवै नेताहरु भेटवार्तामा बसेका छन् ।

यो भेटवार्ताबाट उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ ताकि उत्तर कोरियामा लगाइएका प्रतिवन्ध हटाएर र आर्थिक अवस्थामा सुधार ल्याउन सकियोस् ।

यतिबेला दुवै नेताहरु आ–आफ्नै आन्तरिक भेटवार्तामा व्यस्त छन् ।

आशा र आशंका कायमै, के भन्छ विश्व ?

यो भेटवार्तामा परमाणु कार्यक्रम नै मुख्य एजेन्डा रहेको छ । अमेरिका उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ ।

त्यसका लागि यो वार्ताले ढोका खोल्ने विश्वास लिएको छ ।

उत्तर कोरियाले आफू परमाणु कार्यक्रम बन्द गर्न तयार भए पनि यसलार्इ सम्भव बनाउने उपाय अझै सुल्झिनसकेको जानकारहरु बताउँछन् ।

अमेरिकालाई अझै के थाह छैन भने, परमाणु कार्यक्रम बन्द गर्ने सर्तको मूल्य चुकाउन उसले उत्तरकोरियाका के कस्ता सर्तहरु मान्न तयार हुनु पर्ने हो ।

यस शिखर वार्तालाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सकारात्मक रुपमा लिएका छन् ।

‘एक सार्थक पहल’ भएको बताउँदै गुटरेसले दुवै नेता अघिल्लो साल बढेको तनाव कम गर्न अग्रसर भएकोमा खुसी व्यक्त गरेका छन् ।

दुवैको लक्ष्य अब शान्ति स्थापना हुनुपर्ने उनको भनाइ छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले दुवै नेताको भेटलार्इ सम्भावनाले भरिएको प्रतिक्रिया दिएका छन् ।

के चाहन्छन् किम ?

यसबारे जानकारहरु भन्छन, ‘किम आफ्नो ध्यान देशको अर्थव्यवस्थामा लगाउन चाहन्छन् । यसका लागि उनी सबैभन्दा पहिले आफ्नो देशमा लगाइएको अन्तराष्ट्रिय प्रतिबन्ध हटोस भन्ने पक्षमा उभिने छन् ।’

 

 

...

मंगलबार, २९ जेठ, ०७५

 

प्रतिक्रिया

Related