पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा एकै साथ ७ ठाउँमा पहिरो
निर्माण सञ्चार, काठमाडौँ । सोमबार साँझ परेको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको छ ।

बेलुको वर्षाको कारण पहिरो आउँदा नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध पारेको हो ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो ।

बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहे पनि सवारी आवागमनको समस्या भने नहटेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

...

मंगलबार २९, जेठ ०७५

प्रतिक्रिया

Related