प्रचण्डको प्रतिक्रिया ‘काम नगरे घरबेटी पनि भनिदैन’

ठेकेदारमाथिको कारबाहीबारे गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको
निर्माण सञ्चार, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको जिम्मा लिएर काम नगरे आफू बस्दै आएको घरबेटीलाई पनि नछाड्ने बताएका छन् ।

घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक नभएको भन्दै उनले भने ‘म जसको घरमा बसेको छ, सो व्यक्तिले पनि काम नगरे कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति नभएको उनको दाबी छ ।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तोकिएको समयमा र गुणस्तरीय काम नगर्ने जोकोहीलाई कारबाही हुने बताए । निर्माण व्यवसायीले समयमा र गुणस्तरीय काम उनको भनाई छ ।

प्रचण्डले ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको समेत प्रष्ट पारे । उनी ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् ।

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काठमाडौँदेखि विभिन्न सडकको जिम्मा लिएर समयमा काम नसकी अलपत्र पारेका छन् ।

 ....

मंगलबार, २९ जेठ २०७५ 

प्रतिक्रिया

Related