प्रधानन्याधीशमा जोशीको नाम

निर्माण सञ्चार, काठमाडौँ | संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतरुपमा जोशीको नाम सिफारिस गरेको हो ।

परिषद्ले जोशीको नाम संसदीय सुनुवाई विशेष समितिमा सुनुवाइका लागि पठाएको छ ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिबाट पारित भएपछि मात्रै राष्ट्रपतिबाट नियुक्ति र सपथ हुने सम्बैधानिक व्यवस्था छ ।

तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीले गत फागुन ३० गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीश बनेका थिए ।

उनी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

...

मंगलबार, २९ जेठ २०७५

प्रतिक्रिया

Related