अरुण तेस्रो माथि ३ वटा सकेट बम आक्रमण !

अरुण तेस्राेमै किन हुन्छ पटक–पटक बम प्रहार ?
निर्माण सञ्चार, काठमाडौँ । संखुवा सभाको खाँदबारी–९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी ३ वटा सकेट बम प्रहार भएको छ ।

हिजाे राति (मंगलबार) पौने १ बजेतिर अज्ञात समूहले ३ वटा सकेट बम प्रहार भएको हो । सकेट बम प्रहारबाट कुनै भौतिक तथा मानवीय क्षति नभएपनि अरुण तेस्रो आयोजनाको कार्यालयलाई लक्षित गरी बम प्रहार भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘अरुण तेस्रोको हेडक्वाटरभन्दा माथिरहेको बाटोभन्दा उत्तरतिर खाली जग्गा छ त्यसको उत्तर–पश्चिमतर्फको बनमारा झाडीमा बम फालिएको थियो ।’

कसले बम प्रहार गरेको भन्ने बारे खोजी कार्य भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए । उनले भने, ‘बम कसले पड्कायो भन्ने पत्ता लागेको छैन । यसको बारेमा खोजतलास जारी राखेका छौं ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला नेपालका प्रधानमन्त्री र समकक्षी भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा सिलन्यास गरेका थिए ।

यसअघि पनि भारतीय प्रधानमन्त्री भ्रमणमा आएको बेला वैशाख १६ गते अरुण तेस्रो आयोजनाको कम्पाउण्डमा बम प्रहार भएको थियो ।

याे अरुण तेस्राेमा भएकाे दाेस्राे बम प्रहार हाे । किन पटक–पटक अरुण तेस्राे मै बम प्रहार भइरहन्छ ? यसकाे चुस्त अनुसन्धान हुनु अावश्यक रहेकाे छ ।

अरुण तेस्रो जलविद्युत ९ सय मेगावाट क्षमताको आयोजना हो ।

...

बुधबार ३०, जेठ ०७५

प्रतिक्रिया

Related