यी हुन् ‘विश्व कप सुन्दरी’ जसलाई हेर्न राष्ट्रपति पुटिन पनि छन् ‘फिदा’ किन ?

निर्माण सञ्चार, एजेन्सी । यतिबेला विश्वलाई विश्वकपको ज्वरो विस्तारै बढिरहेको भान हुन्छ । फुटबलरहरुलाई हेर्न जति मानिसहरु क्रेजी हुन्छन्, त्यति नै क्रेजी ‘वल्र्ड कप गर्ल’लाई हेर्न । ती सेक्सी सुन्दरी हुन्, भिक्टोरिया लापरेवा ।

उनलाई फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुने आयोजक राष्ट्रपति भ्लादिमिर पुटिनले । सन् २००३ की मिस रुस भिक्टोरिया अहिले ‘वर्ल्ड कप गर्ल’ को रुपमा परिचित छिन् ।

भिक्टोरियाले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर बन्नेबित्तिकै रुससमेत थुप्रै देशमा आफ्नो प्रशंसक बनाउन सफल भइसकेकी छिन् । सोसल मिडियामा १० लाखभन्दा बडी फलोअर भएकी भिक्टोरियाले आफ्ना फोटोसुट सोसल ह्यान्डलमा राख्ने गर्छिन् ।

भिक्टोरियालाई रुसका राष्ट्रपति पुटिनले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनेका हुन् । स्थानीय मिडिया रिपोर्ट अनुसार भिक्टोरियालाई पुटिनले वर्ल्ड कप गर्लको रुपमा नियुक्त गरेका हुन् ।

सूत्रका अनुसार पुटिनले भिक्टोरियालाई फुटबल कार्यक्रम प्रस्तुत गरेको देखेका थिए । भिक्टोरिया पनि राष्ट्रपति पुटिनलाई समर्थन गर्छिन् ।

रुसमा राष्ट्रपति चुनावको क्रममा भिक्टोरियाले पुटिनलाई भोट दिनका लागि अपिल गरेकी थिइन् ।

भिक्टोरिया स्पोर्टस प्रोजेक्टरका साथै नायिका, मोडल र फेशन ब्लगर पनि हुन् । आफ्नो सुन्दरताले उनले थुप्रै देशमा फुटबल प्रेमीलाई आफ्ना प्रशंसक बनाउन सफल भएकी छिन् ।

वर्ल्ड कपको ब्रान्ड एम्बेसेडर भएपछि उनले सोसल मिडियामा प्रोमोट गर्नुका साथै बच्चा र खेल प्रेमीका लागि रुसका थुप्रै शहरमा प्रदर्शनी म्याच आयोजना गरेकी छिन् ।

ती खेलमा रुसका चर्चित फुटबल खेलाडी पनि प्रोमोट गर्न पुगेका थिए ।

बिजनेश एडमिनिस्ट्रिेशनकी ग्रेजुएट ३४ वर्षकी भिक्टोरियालाई स्कूलमा पढ्दा पढ्दै मोडलिङका लागि अफर आउन थालेको थियो तर पढाई पूरा गरेपछि सन् १९९८ मा पहिलो पटक उनी मोडलिङको क्षेत्रमा आइन् ।

त्यसपछि उनले मिस रुसका साथै ‘फेस अफ द इयर’, ‘मोडल अफ डन’ जस्ता मोडलिङका अवार्ड जितिन् । वर्ल्ड कपका क्रममा भिक्टोरिया मानिसहरुलाई स्वस्थ जीवनशैलीका लागि जागरुक गराउनेछिन् ।

यसका साथै भिक्टोरिया सोसल मिडियामा पनि वर्ल्ड कपलाई प्रोमोट गर्नेछिन् । उनले म्याक्सिम, गाला, कस्मोपोलिटनजस्ता म्यागजिनका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।

 

 

...

बुधबार, ३० जेठ, ०७५

 

प्रतिक्रिया

Related