सुरु भयो बर्खाः १८ जिल्लाका २ सय ८६ घर पहिरोको उच्च जोखिममा !

मनसुनअघि नै हुनुपर्ने स्थानान्तरण भएन अझै, अब तत्कालको समाधान पानीको व्यवस्थापन’: भूगर्भविद् डा. दाहाल
निर्माण सञ्चार, काठमाडौँ | २०७२ वैशाखको भूकम्पबाट पहाडी जिल्लाका अधिकांश भाग कमजोर भएकाले पहिरोको उच्च जोखिमा रहेको पाइएको छ ।

मुलुकका १८ जिल्लाका २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा रहेको सरकारका विभिन्न निकायले संयुक्त रूपमा गरेको भौगर्भिक अध्ययन प्रतिवेदनले देखाएको छ ।

पुनर्निर्माण प्राधिकरण र खानी तथा भूगर्भ विभागका भूगर्भविद् भूकम्प गएपछि अहिलेसम्म अध्ययनको सिलसिलामै थिए ।

सोही अध्ययनको प्रतिवदेनमा ती जिल्लाका २ सय ८६ गाउँका २ हजार ४ सय १८ घरपरिवार पहिरोेको उच्च जोखिममा रहेका उल्लेख गरिएको छ ।

सरकारले सारेन जोखिमबस्तीलाई सुरक्षित स्थनमा !

पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण सानुपर्ने भएता पनि सरकारले त्यसलाई वास्ता नगरेको जस्तो देखिएको छ ।

जोखिमयुक्त गाउँका बासिन्दा हाल त्रासमा बाचिरहेका छन् भने बस्ति सर्ने आशा बोकेर बसेका छन् ।

भूकम्पकै कारण प्रभावित बनेका १८ जिल्लाका २४ सय भन्दा बढी घरपरिवार हाल पहिरो उच्च जोखिममा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए ।

कुनै पनि बेला पहिरो जानसक्ने भएको हुँदा ती बस्तीलाई तुरुन्त सुरक्षित स्थानमा सार्नुपर्ने जरुरी भएको उनको दाबी छ । ती बस्तलाई स्थानान्तरण गर्न ढिलाइए भएको कार्यकारी अधिकृत भुसालले स्वीकार गरे ।

आउँदो दुई बर्षभित्र जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्ने लक्ष्य रहेको उनको भनाई छ ।

भूकम्प गएलगत्तै उच्च जोखिमा रहेका बस्तीको पहिचान गरेर आफूहरूले गृह मन्त्रालय र पुनर्निर्माण प्राधिकरणलाई बस्ती स्थानान्तरण गर्न सिफारिस गरिए पनि हालसम्म बस्ती सर्न नसकेको खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालको जिकिर छ ।

जोखिममा रहेका बस्ती समयमा नै स्थानान्तरण नगरिए ठूलाठूला मानवीय र भौतिक क्षतिको खतरा रहने उनको भनाई छ ।

यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरेले जोखिममा रहेका परिवारमध्ये झण्डै १४ सय घरपरिवारलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरिएको बताए ।

उनकाअनुसार बाँकी २ हजार ४ सय १८ घरपरिवार भने जोखिमपूर्ण अवस्थामा रहेपनि स्थानान्तरण गर्न सकिएको छैन ।

गाउँको भौगर्भिक अवस्थाको अध्ययन गरेको थियो। प्राधिकरणले खानी तथा भूगर्भ विभागसँगको समन्वयमा गरेको अध्ययनले भूकम्प प्रभावित १८ जिल्लाका ९ सय ९३ वटा गाउँमध्ये ३ सय ८८ वटा गाउँ सुरक्षित रहेको देखाएको छ ।

बाँकी ३ सय १९ गाउँलाई विभिन्न वायोइञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर सुरक्षित बनाउनुपर्ने भूगर्वविदको भनाई छ ।

भूगर्भविद् भन्छन् ‘ तत्काल सो काम नगरे पहिरो जोखिम गाउँमा बढी क्षति हुन्छ ।’

जोखिमपूर्ण अवस्थामा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा आवास निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि प्रतिपरिवार २ लाख रुपियाँ प्रदान गरर्दै आएको छ ।

कतिघर भए स्तानान्तरण ?

रसुवाका जोखिमयुक्त ३ सय ५ घरपरिवार अन्यत्र स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, रामेछापका ५६, सिन्धुपाल्चोकका ५६ घर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार धादिङमा ९५, नुवाकोटमा १ सय ३७, चितवनमा ३१, दोलखामा ७५ घरपरिवार सुरक्षित स्थानमा छ ।

प्राधिकरण र एनआरएनएको संयुक्त प्रयासमा अहिले गोरखाको लाप्राकमा जोखियमयुक्त अवस्थामा रहेको ५ सय ७२ घरपरिवार सुरक्षित स्थानतर्फ सार्ने प्रयास भइरहको पुनर्निर्माण प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरेले बताए ।

भूगर्भविद्को कस्तो छ भनाई ?

मनसुन सुरु भइसकेकाले पहिरोको उच्च जोखिममा रहेका गाउँहरुमा तत्काल पानिको व्यवस्थापन गरिनुपर्ने बताउँछन्, भूर्गर्भशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. रञ्जनकुमार दाहाल ।

डा दाहालले जोखिमपूण गाउँलाई स्थानान्तरण यसअघि नै गरिसक्नुपर्ने धारणा राखे ।

उनले भने ‘पहिरोको उच्च जोखिममा रहेका गाउँलाई मनसुन सुरु हुनु अघि नै स्थानान्तरण गरिसक्नुपथ्र्यो, अब तत्काल सुरक्षा अपनाउनका लागि पानीको भेललाई ती गाउँमा नपस्ने किसिमले व्यवस्था गरिनुपर्छ ।’

जोखिममा रहेका गाउँमा मनसुनको समयमा जतिबेला पनि पहिरो गई ठूलो धनजनको क्षति हुन सक्ने खतरा रहेको बताउँछन्, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूर्गविद् ।

स्थानान्तरण गर्नुपर्ने तथा जोखिममा रहेका गाउँहरू त्रासमा रहेको धादिङको गापा गाउँमा अध्ययनमा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूर्गविद् किशोर आचार्यले बताए ।

उनले जमिनका चिराहरू लामा र फराकिलो हुँदै जान थालेको भन्दै ती गाउँका घरहरू बांगिने तथा भत्कने क्रम समेत बढेको बताए ।

 वर्खा लागेसँगै बढ्यो चिन्ता

वर्खा लागेसँगै स्थानान्तरण गर्नुपर्ने र जोखिममा रहेका गाउँहरू त्रास र भयमा रहेका छन् ।

जोखिमपूर्ण गाउँका बासिन्दाको वर्खा लागेसँगै दिन प्रतिदिन चिन्ता बढिरहेको गुनासो छ । पहिरोको जोखिमयुक्त गाउँका प्रत्येक घरपरिवार स्थानान्तरण कहिले होला भन्ने आशामा छन् ।

 कति घरिपरिवार उच्च जोखिममा ?

– कूल अध्ययन भएका गाउँ संख्या ९ सय ९३

– दुई सय ८६ गाउँका ३ हजार ८ सय १८ घरपरिवार उच्च जोखिममा

– दुई हजार ४ सय १८ घरपरिवार स्थानान्तरण गर्न बाँकी

–१४ सय घरपरिवार स्थानान्तरणको क्रममा

–३ सय १९ गाउँमा सुरक्षित विधि प्रयोग नगरिए बस्न नसकिने

–३ सय ८८ गाउँ सुरक्षित

यी हुन् असुरक्षित गाउँ ?

भूकम्प प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानी तथा भूगर्भ विभागले गरेको भौगर्भिक अध्ययनको प्रतिवेदनअनुसार जोखिममा रहेका र स्थानान्तरण गर्नुपर्ने ठूला बस्तीहरू प्रस्तुत छन 

नुवाकोटः

घ्यामफेदी क्षेत्रकाः नेगीगाउँ ३२ घरपरिवार, सेल्चे २४ घरपरिवार, घ्याडाँडा २०, सिसप २८, सेलाली २०, चेतनगाउँ ७ घरपरिवार

उर्लेनी क्षेत्रकाः काल्चे, ठिंगसोल, स्याङ्तान, चिहानडाँडालगायतका क्षेत्रमा ३ सय घरपरिवार

महाकाली क्षेत्रः कल्लेरी २७ घरपरिवार, ढकालथोक १० घरपरिवार, कुदर ९ घरपरिवार, मरडाँडा ४, फाँटपुर १० घरपरिवार

दोलखाः

सुस्मा चेम्वावती क्षेत्रः बोसिम्पा ७६ घरपरिवार सार्नुपर्ने, मावू माझखर्क ३ घरपरिवार

धादिङः

तिप्लिङ सिम्पाली १८ घरपरिवार, लापा छाम्राङ १ सय २४ घरपरिवार, अन्डर, किचेत, चेरप्रांगका दर्जनौं घरहरू सार्नुपर्ने

सोलुखुम्बुः

यामर्खु ६ घरपरिवार, पंचांग दलित बस्ती १० घरपरिवार

रसुवाः

चिलिमे पाजुंग, केरावारीका ८६ घरपरिवा सार्नुपर्ने, समरथली लम्रंगका १० घरपरिवार, सानो हाकु क्षेत्र ९४ घरपरिवार नै सार्नुपर्ने, यार्सा घोर्मु क्षेत्र ९० घरपरिवार, यार्सा सागुर २९ घरपरिवार, राम्चे गुम्चेत १५ घरपरिवार, ठूलो गाउँ लायुंग १० घरपरिवार, धुन्चे गुम्चेत ५ घरपरिवार

मकवानपुरः

ठिगगाउँ क्षेत्रः देउराली पिपलडाँडा २० घरपरिवार, पञ्जनी क्षेत्र ४ घरपरिवार सार्नुपर्ने, खैराङ रजरंग १७ घरपरिवार

सिन्धुपाल्चोकः

लिस्तीकोट गुम्बा १० घरपरिवार, मार्मिङ लम्पाता २५ घरपरिवार, गुम्दा तपगाउँ ३१ घरपरिवार, बाह्रविसे रुमती १७, हेलम्बु घेवागाउँ १० घरपरिवार, तातोपानी लिपिङ ७० घरपरिवार, मेताङ लार्के १० घरपरिवार, सेलाङ काल्चे टोल ५४ घरपरिवार

चितवनः

दारेचोक तिनघरे ५ घरपरिवार, लोथर असिखई १२ घरपरिवार, लोथर वकार्ड ५ घरपरिवार, काउले हेप्चेक १९ घरपरिवार

ललितपुरः

प्युटार देउराली ७ घरपरिवार, चन्दनपुर भासगाउँ ४ घरपरिवार, गिम्दी लुभाने ४ घरपरिवार

लमजुङः

घेर्मु उपल्लो चिप्ला २१ घर र १ विद्यालय, भोजे माचिंग ८ घर र १ विद्यालय, भोजे ३० घर, दुधपोखरी पिप्रु ७ घरपरिवार, फलेनी तल्लो मजखर्क ४ घरपरिवार

गोर्खाः

केराउजा बेंसी र केराउजा गाउँ ३ सय ४८ घरपरिवार, उहिया माछाखोला १३ घरपरिवार, घतेखोला १५ घरपरिवार, लाप्राकमा ५ सय ७२ घर सार्ने काम भइरहेको तनहुँः शुक्लागण्डकी सेती नदी किनारा ३० घरपरिवार

काभ्रेपलाञ्चोकः

नगरेगर्चे मदले टोल १० घरपरिवार, भोल्देफिदिचे दर्जनौं घर सार्नुपर्ने

ओखलढुंगाः

विलान्दु खानीगाउँ २४ घरपरिवार, प्राप्चा केउरेनी १० घरपरिवार, हर्कपुर केराबारी १६ घरपरिवार, गमङटार कात्तिके १४ घरपरिवार, तारकेराबारी मजुवा १७, रगनी ५ घरपरिवार, घुर्बिसे ७ घरपरिवार, पोकली लेते ७ घरपरिवार

...

बिहीबार, ३१ जेठ २०७५

प्रतिक्रिया

Related