कर्णालीका सबै ठेक्का राज्य मन्त्रीको हातमा

भनौँ भने घरकै बुहारी्, नभनौं भने भ्रष्ट पारीः सांसद मोहन बानिया
निर्माण सञ्चार, काठमाडौँ । धनबहादुर बुढा केपी शर्मा ओली सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुन् । डोल्पाका ठेकदार सांसद पनि छन ।

राज्यमन्त्री भएपछि बुढाले कर्णालीका सबैजसो ठेक्का आफ्नो मातहतमा पारेको गुनासो सत्तारुढ सांसदहरुले नै टिप्पणी गरेका छन् ।

कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको बजेटमा ५७ वटा कार्यक्रम परेकोमा ४४ वटा डोल्पाको मात्रै परेपछि सत्तारुढ सांसदहरु नै रुष्ट बनेका हुन् ।

बिहीबार मन्त्रायको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपालबहादुर बमले डोल्पाको प्रसंग कोट्याउँदै भने, ‘भनौं भने आफ्नो पार्टीकै सरकार छ, नभनौैं भने केही छैन । शुन्यशुन्यै छ ।’

बुढाले भने, ‘पर्यटन मन्त्रालयको बजेट त कर्णालीमय भएछ धेरैले भन्नुभयो । तर, कर्णालीको ठेक्का त डोल्पाले पाएछ ।’

आफूले डोल्पाको विकासको विरोध नगरेको तर, समुचित विनियोजन हुनु पर्ने माग राखेको बताए । अर्का सांसद मोहन बानियाँले ‘भनुँ भने घरकै बुहारी्, नभनौं भने भ्रष्ट पारी’ भन्ने अवस्था रहेको बताए । मुगु जान नसक्ने अवस्था आएको उनले बताए ।

बुढाले यो बजेट नसच्याउने हो भने एक्लै भएपनि संसद अरुवद्ध गर्ने चेतावनी दिए । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले मान्छे किन मन्त्री हुन मरिहत्ते गर्छन् भन्ने बल्ल थाहा भएको बताए ।

डोटीका सांसद प्रेम आलेले कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै कर्णालीको नाममा जमिनदारी भएको बताए ।

...

शुक्रबार १, असार ०७५

प्रतिक्रिया

Related