प्रधानमन्त्रीले गरे ‘हाउजिङ एक्स्पो’को उद्घाटन (फोटोफिचर)

निर्माण सञ्चार, काठमाडौँ | नेपाल ल्यान्ड एण्ड हाउजिङ एसोसिएसनको शुक्रबारदेखि भकृटीमण्डपमा ‘७ औँ प्रोपर्टी एक्स्पो २०७५’को उद्घाटन भएको छ ।

पाँच दिन चल्ने उक्त एक्स्पोको उद्घाटन प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक शहर विकास गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

उनले खेती योग्य जमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नुपर्ने बताएका छन् ।

साथै खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा व्यवसायीहरुले भने सरकारले जग्गाको कित्ताकाट खुला गर्नुपर्ने, व्यवसायीहरुलाई सहज रुपमा जग्गा एकिकरण गरेर हाउजिङ बनाउन दिनुपर्ने जस्ता माग राखेका थिए ।

तस्वीरमा केही झलक–

....

शुक्रबार, १ असार, २०७५ 

प्रतिक्रिया

Related