कर्णाली नदीमा माछा संकटः संरक्षण गर्न पानी परियोजना लागु

बाँध बाध्नु, करेन्ट लगाउने, बम हान्ने, नदि उत्खनन्जस्ता कार्यले माछा संकट निम्तिँदैः विज्ञसमूह
निर्माण सञ्चार, कर्णाली प्रदेश । नेपालमा पछिल्लो समय मानवीय त्रियाकलपाले माछा संकटमा पर्दै गएका छन् । नदीमा बाँध बाध्ने, बम हान्ने, नदी उत्खनन गर्नेजस्ता गतिविधिले माछाको आहारा नष्ट हुने गरेको छ ।

आहाराको कमीले गर्दा माछा एक ठाउँबाट अर्को ठाउँमा जाने भएकोले क्रमश संख्या कमि हुँदै गएका छन् । माछा मार्नको लागि करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने कार्यले माछा संकटमा पर्दै गएको विज्ञहरुले बताएका छन् ।

बढ्दो सहरीकरण तथा औधोगिकीकरणले बालुवा सङ्कलन तथा ढुङ्गा, माटो जथाभावी फाल्ने काम गर्दा माछा क्रमिक रुपमा घट्दो अवस्थामा रहेका छन् ।

माछा संकट अन्त्यका लागि दाताहरुको सहयोगमा कर्णाली नदीमा पाइने विभिन्न प्रजातिका माछाको संरक्षण गरिने भएको छ ।

माछाको उपयोगका साथै संरक्षण गर्ने उद्देश्यले जलवायु लचिलो, जिविकोपार्जनका लागि मध्ये कर्णाली जलाशय क्षेत्रमा माछा परियोजनाले कर्णाली नदीका माछा संरक्षण कार्यक्रम संचालन गर्ने भएको हो ।

त्यस कार्यक्रम संचालनका लागि स्थानीय दिगो रणनीति निर्माण तथा परिचयात्मक कार्यक्रम दैलेख गरिएको थियो । कर्णालीका माछा संरक्षण कार्यलाई एक अभियानकै रुपमा अघि सारिने भएको छ ।

माछा विशेषज्ञ डा अनुपप्रसाद बैधका अनुसार रेन्बो टाउन्ड माछा अनुसन्धान केन्द्र, नेपालमा माछाको अवस्थाबारे अध्ययन अनुसन्धान भइरहेको छ ।

उनले भने, ‘वार्षिक प्रतिव्यक्ति १४ केजि माछा खानुपर्ने हो तर २ केजिसम्म पनि कतिपयले मुस्किलले खाने गरेका छन् । २ सय ३० प्रजातिका माछा अहिलेसम्म पाइने तथ्यांक छ, जसमा १६ जातिका माछा नेपालमा मात्र पाइन्छन् ।’

नेपालमा पाइने १६ प्रजातिका माछामध्ये ५ प्रजातिका माछा कर्णाली नदीमा पाइन्छन् भने त्यसमा ३ प्रजातिका माछा रारा तालमा पाइन्छन् ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाका अनुसार खोलाको मात्र माछाको भर नपरेर व्यवसायिक रुपमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘तराईभन्दा पहाडमा व्यवसाय गर्न असहज अवस्था छ । नदीमा बम हान्ने, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने लगाएतका क्रियाकलाप गरी माछा मार्नेलाई कानुन बनाएर कारबाहीको दायरामा ल्याउनु पर्छ ।’

डोजर आतंकले, माछा मात्र नभई भू–क्षय लगायतका प्रकोप भित्र्याउने काम भइरहेको छ त्यसको अन्त्य गर्न आवश्यकता रहेको छ ।

परियोजना टिमलिडिर कमल अधिकारीका अनुसार एक वर्षसम्म सञ्चालन हुने युएसआइडीको डाई पानी परियोजनाले विशेष गरी मध्ये पहाडी जलाशय क्षेत्रमा माछाको संरक्षण सम्र्बद्धन गर्ने बताए ।

उनले भने, ‘अहिले हामी परियोजनाको पहिलो चरणमा छौँ । विशेषगरी कर्णाली नदीमा पाईने माछाको अध्ययन गरिहेका छौँ ।’

परियोजना अधिकृत विराज श्रेष्ठले पानीले काम गर्ने क्षेत्र गतरुपमा माछा पनि एक कार्यक्रम भएकाले माछाको अध्ययन अनुसन्धान गरिने बताए । मध्ये पहाडी जलाशय अन्र्तगत अछाम, दैलेख र कालिकोट जिल्लामा कार्यक्रम संचालन हुने उनले बताए ।

नेपालका ठूलो जलाशय कर्णाली, महाकाली र राप्तीमा नदीवेशमा कार्यक्रम भइरहेको छ । तथ्याङ्क सङ्कलन, अनुसन्धान, जोखिम निर्धारण, दैलेख २, कालिकोट १ र अछामको १ गाँउपालिकामा काम भइरहेको ।

माछा व्यवसायी तथा अन्य क्षेत्रमा पनि छलफल तथा तालिम भइरहेको । फिल्ड संयोजक कमल खत्रीले यस परियोजनाका लक्षित वर्ग भने माछा व्यवसायी कर्णाली नदीको छेउचाउमा बसोबास गर्ने व्यक्तिहरु रहेको बताए ।

माछा संरक्षणसँगसँगै लक्षित वर्षको जिविकोपार्जन गर्ने पनि परियोजनाको उद्देश्य रहेको छ । युएसआइडीको सहयोग तथा रिसोर्सेस हिमालयन नेपाल र सर्वाेदय जुम्लाको आयोजनामा सञ्चालित परियोजनाको दैलेखमा भएको परियोजनाको परिचयात्मक कार्यक्रम भएको थियो ।

कार्यक्रममा दैलेख कालिकोट र अछाम जिल्लाका माछा पालन व्यवसायी र सम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

शनिबार, २ असार, २०७५

प्रतिक्रिया

Related