अरुण तेस्रोको सुरुङले लियो ४ जनाको ज्यान

वर्षाका कारण ढिस्को खस्यो
निर्माण सञ्चार, काठमाडाैँ । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ ।

शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन । ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए ।

मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर छन् ।

शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए । घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको डीएसपी सारुमगरले बताए ।

...

शनिबार, २ असार, २०७५

प्रतिक्रिया

Related