आयो ‘थोपा–थोपा’ भिडियो

जीवनको अभिनय प्रमोदको स्वरमा
निर्माण सञ्चार, काठमाडौँ । लेखक तथा रेडियोकर्मी जीवन खड्काद्वारा अभिनित थोपा थोपा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक नेपालले सार्वजनिक गरेको प्रमोद खरेलको ‘थोपा–थोपा’ बोलको गीतमा जीवन खड्काको यो पहिलो अभिनय हो ।

यसैगरी, ‘थोपा–थापा’ गीतमा शब्द नारद निष्ठुरीले दिएका छन् भने संगीत आशिष अविरल र निर्देशन खड्काले नै गरेका छन्।  

एक दशक लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशिल छन् । मोडल तथा निर्देशक खड्का हिट्स एफ.एम.का आरजे हुन् भने उपन्यास ‘ओझेल’ का लेखक पनि हुन् ।

सञ्चारकर्मी जीवनसँग चन्दा ढुङ्गानाले अभिनय गरेकी छिन् ।  

म्युजिक नेपालले बजारमा ल्याएको उक्त भिडियोको छायाँङ्कन फराज अर्पणले सम्पादन गरेका हुन् ।

...

शनिबार, २ असार, २०७५

प्रतिक्रिया

Related