कुन–कुन जलविद्युत्मा भित्रियो चिनियाँ लगानी ?

चिनियाँ कम्पनीले इपिसिएफ मोडलमा आयोजना विकास गर्ने
निर्माण सञ्चार, काठमाडौँ | चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार जलविद्युत आयोजनामा निर्माण गर्ने भएका छन् ।

६ दिने चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजनामा लगानी गर्न चिनियाँ कम्पनी (एमओयू) सँग समझदारी भएको हो ।

मंगलबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुई देशका सरकारी र निजी कम्पनीबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

चिनियाँ लगानी पक्का भएका ती आयोजनाका लागि इपिसि–एफ (इन्जिनियरिङ प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स) मोडलमा लगानी ल्याउन समझदारी भएको छ ।

सम्भौता भएका चार जलविद्युत् आयोजना ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२, १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ७५ मेगावाटको त्रिशूली गल्छी र ४०.२७ मेगावाटको सुपर न्यादी आयोजना हुन् । केही समयअघि मर्स्याङ्दी भारतको जिएमआर कम्पनीसँग बुटवल पावर कम्पनी (बिपिसी) र ३ चिनियाँ कम्पनीले खरिद गरेका थिए ।

मर्स्याङ्दीमा लगानी गर्न बिपिसीका अध्यक्ष पद्म ज्योती र सिचुवान इन्भेष्टमेन्ट ग्रुप, चेङ्दु सिङचेङ इन्भेष्टमेन्ट ग्रुप तथा सिचुवान क्विनयान इन्जिनियरिङ कन्सल्टिङ कम्पनीका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसैगरी, कालीगण्डकी गर्ज आयोजनामा लगानी भित्र्याउन हाइड्रो सोलुसनका अध्यक्ष प्रधान र सिउरी न्यादी कम्पनीका कार्यकारी अध्यक्ष गुरागाईंले समझदारीमा हस्ताक्षर गरेका छन् ।

ज्ञानेन्द्रलाल प्रधान अध्यक्ष रहेको हाइड्रो सोलुसन र न्यादी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको कम्पनी सिउरी न्यादीले निर्माण गर्दैछ ।

ती आयोजनामा लगानी भित्र्याउन हाइड्रो चिनियाँ कम्पनीका तर्फबाट क्रमशः युनान सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रो पावर इन्भेष्मेन्ट र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीका प्रतिनिधिले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, त्रिशूली गल्छीमा सिद्धकाली पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र डोङफङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशनका उपाध्यक्ष चेन क्विनले सम्झौतपत्रमा हस्ताक्षर गरेका छन् ।

गत बैशाखमै उक्त आयोजनाको काठमाडौंमा प्रारम्भिक समझदारी भएको थियो ।

यता सुपर न्यादीको निर्माण भने आउँदो भदौबाट थालनी गर्ने तयारी भएको छ । एक वर्षअघि नै सुपर न्यादीको विद्युत खरिद सम्झौता भएको थियो ।

चिनियाँ कम्पनीले ४ आयोजना इपिसिएफ मोडलमा विकास गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

 ...


बुधबार, ६ असार ०७५

 

प्रतिक्रिया

Related