टानः टिम्स समस्या खुल्दै, बल्ल पाए मृत पर्यटक मजदुरका परिवारले राहत

२ लाख ५० हजारका दरले ३३ मजदुरका परिवारले पाए राहत
निर्माण सञ्चार, काठमाडौँ । ट्रेकिङ एजेन्सि एशोसिएसन नेपाल (टान) र नेपाल पर्यटन बोर्डबिचको टिम्स समस्या खुल्दै आएको छ ।

२०७१ सालदेखि विवाद तथा बहसमा अल्झिएको टिम्स समस्या बल्ल समाधान हुँदा ३३ मृतक मजदुरी पर्यटकका परिवारले रकम पाएका छन् ।

३३ जनाको जम्मा ८२ लाख पचास हजार रकम चेक मार्फत वितरण गरिएको थियो । चार वर्ष अघि पर्यटन बोर्ड र टान बीच भएको सम्झौता अनुसार टिम्स रकमबाट पदयात्राको क्रममा मृत्यु भएका मजदुरहरुको हितको लागि छुट्टाइएको भएतापनि मजदुरहरुको परिवारले पाउनुपर्ने राहत बापतको रकम वि.सं. २०७१ सालदेखि निकासा हुन सकेको थिएन ।

आफूखुसी पदयात्रा नगर्नु

टानका अध्यक्ष नवराज दाहालले आफूखुसी गैर कानुनी ढंगले पदयात्रा व्यवसाय सञ्चालन गर्ने र पदयात्रीहरु दुर्घटनामा पर्ने भएकोले पर्यटन बोर्ड र टानको सहकार्यमा टिम्सको व्यवस्था भएको बताए ।

उनले भने, ‘पदयात्रीहरु आफू खुशी पदयात्रा जाने र जो कसैले पनि गैरकानुनी ढङ्गले पदयात्रा व्यवसाय सञ्चालन गर्ने र पदयात्राको क्रममा दुर्घटनामा पर्ने हुँदा टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा टिम्स लागु गरिएको हो ।’

अध्यक्ष दाहालले धेरै समयपछि टानले मजदुरका परिवारलाई रकम वितरण गर्न सफल भएकमो र आउँदो दिनमा मजदुरको उद्धार तथा चिकित्सा खर्चपनि छिट्टै निकासा हुनेमा आशा गर्न अनुरोध गरे ।

पर्वतीय पर्यटन मजदुरहरुको हितको लागि भनेर छुट्याइएको टिम्स कोषको रकम केही दस्तावेज नमिलेको र टिम्स सरकारी निकायसंग सम्बन्धित रहेको हुँदा केही प्रकृया नमिलेको कारण धेरै वर्षदेखि निकासा गर्न नसकेको पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले जानकारी दिए ।

उनले टान र पर्यटन बोर्ड मिली टिम्सलाई अब आउँदोे दिनमा प्रभावकारी ढङ्गले व्यवस्थित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

लाङ्टाङ र खुम्बु क्षेत्रमा टिम्स चेकपोष्ट खारेज गरे पश्चात र पर्वतीय पर्यटन मजदुरहरुको हितको लागि रकम निकासा नगरेको बापत धेरै पदयात्री व्यवसायीहरुले टिम्स कार्ड लगेका छैनन् ।

...

मंगलबार ५, असार ०७५

प्रतिक्रिया

Related