प्रधानमन्त्री भ्रमण टोलीमा निर्माण व्यवसायी नेता श्रेष्ठ र शर्मा

चिनका लगानीकर्तासँग छलफल गरिने
निर्माण सञ्चार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि सुरु औपचारिक राजकीय चीन भ्रमणमा नेपाली निर्माण व्यवसायी महासंघको टोलीलाई पनि समावेश गरिएको छ ।

भ्रमण टोलीमा महासंघको तर्फबाट अध्यक्ष विष्णुभाई श्रेष्ठ सहित महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका सल्लाहकार रमेश शर्मा सम्मिलित भएका हुन् ।

श्रेष्ठ र शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघ कार्यालयका प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बिदाई गरेका थिए ।

महासंघ टोलीले प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधारको क्षेत्रमा चीनले हासिल गरेको अभूतपूर्व सफलताको स्थलगत अध्ययन गर्नेछ ।

भ्रमणका क्रममा आफूले चीनका निर्माण व्यवसायी र अन्य सरोकारवालासँग नेपालमा चीनियाँ लगानी भित्र्याउनका लागि आग्रह गर्ने अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए ।

...

मंगलबार ५, असार ०७५

प्रतिक्रिया

Related