‘एसियन कनेक्टिभिटी’सम्बन्धी सम्मेलनमा भाग लिन स्केफ इन्जिनियर टोली श्रीलंकामा

नेपाली पूर्वाधार विकास र ‘एसियन कनेक्टिभिटी’ बारे अध्ययन गरिने, सरकारी अधिकारी पनि साथमा
निर्माण सञ्चार, काठमाडौं । एसियन विकासको स्तरमा नेपाल कुन स्थानमा पर्ला ? अथवा, नेपालको विकासले अब एसिया क्षेत्रीय कनेक्टिभिटीमा नयाँ उचाइ लिनु पर्छ कि पर्दैन ?

पूर्वाधार विकाससम्बन्धी सरोकारवालाहरु यसबारे नयाँ बहस गरिरहेका छन् यतिबेला ।

ठिक यही विषयमा केन्द्रित रही आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपालबाट सरकारी अधिकारी सहित निजी क्षेत्रका प्रतिनिधिहरु यतिबेला श्रीलंका पुगेका छन् ।

फिडिक अर्थात् एसिया पेसिफिक रिजनका लागि संगठित रुपमा कार्यरत कन्सल्टिङ, निर्माण तथा पूर्वाधारविद्हरुको साझा सरोकारको मञ्चले यो कार्यक्रमको आयोजना गरेको हो ।

सरकारी अधिकारी तथा इन्जिनियरहरु सहभागी हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा एसिया र प्रशान्त क्षेत्र अन्तर्गत भइरहेको पूर्वाधार विकास, अवस्था, अभ्यास, नीति र प्रभावकारिताबारे विभिन्न मुलुकका अनुभवहरु समेत साटासाट हुने सहभागी नेपाली इन्जिनियर तथा सरकारी अधिकारीहरुले विश्वास लिएका छन् ।

गोष्ठीमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स (स्केफ) उपाध्यक्ष तथा इन्जिनियर उद्धवराज चौलागाईको नेतृत्वमा महासचिव कृष्ण सापकोटा, इन्जिनियर कमल कार्की सहितको कन्सल्टिङ क्षेत्रसम्बद्ध इन्जिनियरहरु आइतबारदेखि हुने कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका हुन् ।

महासचिव सापकोटाका अनुसार कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी, सडक विभागका अधिकारीहरु पनि सहभागी छन् ।

गोष्ठीसँगै नेपाली पूर्वाधारविद् टोलीले श्रीलंकास्थित निर्माण भएका नमूना पूर्वाधार संरचनाहरुको समेत अध्ययन गर्ने छ ।

पछिल्ला दिनमा नेपालको पूर्वाधार निर्माण सरकारी निकायबाटै कडाइका साथ निगरानीमा रहेको र ऐन कानुनमा समेत आवश्यक संशोधन गरी अघि बढ्न खोजीरहेको अवस्थामा गरिएको यो भ्रमणले एसिया पेसेफिक रिजन भित्रका अनुभव र नीतिहरुमा हुने बहसले टेवा पुर्याउने आशा गरिएको छ ।

नेपालको पूर्वाधार सम्बद्ध क्षेत्रमा रहेका कमीकजोरी यतिबेला गरम बहसमा उत्रिएको अवस्था छ । निर्माणका साथै कन्सल्टिङ क्षेत्रबाट समेत हुने गरेको डिजाइन, ड्रइङ, अध्ययनमाथि हुने गरेका कमजोरीले बन्दै गरेका पूर्वाधारहरु समय नपुग्दै बिग्रने, भत्कने देखिएको विज्ञहरुको बुझाइ छ ।

इन्जिनियरिङ क्षेत्र अर्थात् ‘कन्स्ट्रक्सन ब्रेन’ले यस क्षेत्रमा निर्णायक भूमिका खेल्न सकेमा पूर्वाधार विकासको क्षेत्रमा नेपालले चाँडै फड्को मार्न सकिने आशा गर्न सकिन्छ ।

 

 

...

आइतबार, १० असार, ०७५

 

प्रतिक्रिया

Related