सनराइज बैंकको रेमिट्यान्स सेवा भारतको एक्सिस बैंकबाट पनि

भारतबाट पाठाएको पैसा सनराइजका ८८ वटै शाखामा
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको Axis Bank संग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ ।

अब भारतमा बस्दै आएका नेपालीले Axis Bank को कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बैंकको दाबी छ ।

भारतमा Axis Bank को ३३०० भन्दा बढी शाखाको संजाल छ ।

सन्राइज बैंक लिमिटेड र Axis Bank बीच रेमिट्यान्स सम्झौतासँगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीहरुले सन्राइज बैंकको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टरबाट प्राप्त गर्न सक्ने बैंकले बतायो ।

...
शुक्रबार, ८ असार, २०७५

प्रतिक्रिया

Related