आप्साको पहिलो अधिवेशनः लोकेशकुमार मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति

प्रकोप चेतना विस्तार– फायर, साइबर, इलेक्ट्रोनिक र टेक्नोलोजी आदि प्रकोपबाट आफू पनि बचौं समाजलाई पनि बचाऔं अभियानमा आप्सा
निर्माण सञ्चार, काठमाडौँ । एसिएन सेक्युरिटी एसोसिएसन नेपाल (आप्सा) को प्रथम अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ ।

एफएनसिसिआईका केन्द्रीय सदस्य विनोद ढकालको प्रमुख आतिथ्यता रहेको उक्त अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

फाएर फाइटिङ सेक्युरिटी सम्बन्धी लेजेन्डरीका पर्सनका रुपमा रहेका प्रदीपमान प्रधान कार्यक्रमका विशेष अतिथि थिए भने संस्थापक अध्यक्ष सुनील कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रविधि सुरक्षाबारे एक बहस नै सम्पन्न उक्त कार्यक्रममा अप्साको मुखपत्र ‘सेफ्टी एन्ड सेक्युरिटी’को लोकार्पण समेत भएको थियो ।

अप्सा नेपाल प्राविधिक उपकरण तथा आगलागी उत्पन्न प्रकोपजन्य दुर्घटना नियन्त्रण सम्बन्धी उद्देश्य बोकेको पेसागत संस्था हो ।

आप्सा नेपाल एसियन प्यासिफिक सेक्युरिटी एसोसिएसनको पनि सदस्य मुलुकको रुपमा रहेको छ ।

जापान भारत चीन, हङकंग, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिणकोरिया, थाइल्यान्ड र भियतनाम समेत यसका सदस्य मुलुकहरु रहेको आप्साका महासचिव निर्मल भट्टराईले जानकारी दिए ।

मित्रपार्कस्थित डियरवाल्क विद्यालयमा शनिबार भएको सो कार्यक्रममा अघिल्ला वर्षका कार्यप्रगति तथा आर्थिक प्रस्ताव पारित भएको थियो भने निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले सपथ ग्रहण गराएका थिए ।

दुई वर्षका लागि बनेको नयाँ कार्यसमिति यस प्रकार रहेको छ— अध्यक्ष– लोकेशकुमार मानन्धर प्रथमउपाध्यक्ष– असिम पोखरेल द्वितीय उपाध्यक्ष– सन्तोष गौतम तृतीय उपाध्यक्ष– रवीन्द्र ओझा महासचिव– निर्मल भट्टराई सचिव– प्रीतिहरि पण्डित कोषाध्यक्ष– हिमेश्वर मल्ल सदस्यहरु– ज्ञानेन्द्र भट्टराई, कुलनिधि अधिकारी, न्हुच्छे महर्जन, मणिकुमार तामाङ, मोहन ढुंगाना रहेका छन् ।

पूर्व कार्यसमितिमा योगदान दिएको भन्दै नेतृत्वलाई समेत सम्मान गरिएको सो कार्यक्रमले स्मार्ट सहर, स्मार्ट घरको अवधारणा अघि सारेको छ ।

वर्तमान नेपाली समाजमा रहेका इलेक्ट्रोनिक्स तथा साइबर र अग्नि सम्बन्धी सुरक्षा संवेदनशिलतामा निजी क्षेत्रको दायित्व र नागरिकको भूमिका बारे समेत चर्चा गरिएको थियो ।

 

 

...

शनिबार ९, असार ०७५

 

प्रतिक्रिया

Related