एसएलसीपछि एसइइमा कस्तो छ सुधार ?

सी ग्रेडभन्दा कम ल्याउनेलाई पुरक परीक्षाको व्यवस्था
निर्माण सञ्चार, काठमाडौँ । उच्च मावि तह प्रवेशका लागि लिइने प्रवेशिका परीक्षा स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) यो वर्षदेखि सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसइइ) मा रुपान्तरण गरिएको छ ।

कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी संशोधन भएपछि २०७३ सालदेखि कक्षा १० सम्मलाई माध्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको छ ।

यसअघि कक्षा ११ र १२ लाई उच्च माध्यमिक तह मानिन्थ्यो ।

यस्तो छ एसएलसीको इतिहास

वि.सं. १९९० बाट १० कक्षाको समाप्तिसँगै एसएलसी परीक्षा लिन थालिएको थियो ।

विश्वव्यापी प्रचलनअनुरूप १२ वर्षे विद्यालयीय शिक्षाको परिकल्पना विद्यालय क्षेत्र सुधार योजना (२००९/०१५) मा नै थियो तर बल्ल आएर अहिले एसएलसीको अवधारणा हटेर एसइइको अवधारणा सुरु भएको छ ।

एसएलसीमा २०६३ साल अघिसम्म कक्षा ९ को पाठ्यपुस्तकबाट ६० प्रतिशत र कक्षा १० को ४० प्रतिशत अंकभार राखेर परीक्षामा प्रश्नपत्र आउने गथ्र्यो ।

तर २०६३ सालपछि भने पाठ्यपुस्तक परिमार्जन गरी कक्षा १० को पुस्तकबाट मात्रै परीक्षा लिने व्यवस्था गरियो । यसैगरी बोर्ड फस्टको नाम सार्वजनिक गर्न पनि छाडियो ।

६० प्रतिशत माथि ल्याउने विद्यार्थीले पहिलो श्रेणीमा उत्र्तीण हुने व्यवस्थामा सुधार गर्दै ८० प्रतिशत अंक ल्याएपछि प्रथम श्रेणीमा उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत अंक ल्याउनेलाई विशिष्ट श्रेणी थप गरियो ।

एसएलसी परीक्षाको नतिजा आउँदा राम्रो अंक ल्याउनेको घरमा अबिरजात्रा हुँदा कम अंक वा गयल हुने विद्यार्थीको मनोवलमा चोट परी आत्माहत्यासम्मका घटना घट्ने गरेका थिए ।

झन्डै १२/१३ वर्षसम्मको लगानी खेर जाला भन्ने चिन्ता अभिभावकमा रहनु पनि स्वभाविकै पनि हो । अंककेन्द्रित नतिजालाई सम्मान गर्ने सामाजिक प्रवृत्तिले एसएलसीलाई सिकाइको मापनभन्दा पनि घोकाइको मापन बनाइदियो ।

किन लगियो त एसइइ प्रणालीमा ?

एसइइ परीक्षा एसएलसीको रुपान्तरित प्रणाली हो । यो अक्षारांक प्रणाली हो । यसमा सरदरमा ग्रेड छुट्याइएको हुन्छ ।

एसएलसीमाजस्तो यो पटक परीक्षामा परीक्षाको नाममा विद्यालयहरुले विद्यार्थीहरुलाई फेल गराएर एसइइ परीक्षामा सहभागिता नगराउन पाउँदैन ।

यो अभ्यासको रुपमा सबै विद्यालयहरुले लिइरहेका छन् । पास भइन्छ भनेर विद्यार्थीहरुले पढाईलाई प्राथमिकतामा नराखेको कुरा शिक्षक तथा प्रधानाध्यापकहरुले गुनासो गरेपनि यो प्रणाली फलदायी नै छ ।

परीक्षामा कम ग्रेड आएपनि प्राविधिकजस्ता वैकल्पिक क्षेत्रमा अध्ययन गर्न बञ्चित हुने छैनन् यो विद्यार्थीको लागि फाइदाको कुरा हो ।

यो परीक्षा सञ्चालनमा जिल्ला शिक्षा कार्यालयको कुनै पनि भूमिका भने छैन । तर, यही परीक्षाका आधारमा विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित गर्न भने पाइन्न ।

फारम भरेका र ७५ प्रतिशत हाजिरी पुगेका सबै विद्यार्थीहरु एसइइ परीक्षामा सहभागिता जनाउन पाउँछन् ।

सुधारिदै एसइइ

२०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा शनिबार सार्वजनिक भएको छ । नतिजालाई विगतमा जस्तै ग्रेडिङ प्रणालीबाट नौ तहमा वर्गीकरण गरेर सार्वजनिक गरिएको छ ।

विद्यार्थीको प्राप्तांकलाई अधिकतम जीपीए चार तथा न्यूनतम जिरो दशमलव ८० दिइएको छ । तथ्यांक विश्लेषण गर्दा गत वर्षको तुलनामा यस वर्षको नतिजामा केही सुधार आएको छ ।

३.६५ ग्रेडिङदेखि चार सम्म ल्याउने विद्यार्थीको संख्या गत वर्ष १२ हजार दुई सय ८४ मात्र थियो भने यस वर्ष भने यस वर्ष १४ हजार दुइ सय ३४ जना छन् ।

गत वर्षको नतिजामा जीपीए ३.२५ २५ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ४२ हजार ४ सय २७ थिए भने यस वर्ष ४६ हजार एक सय ३० जना छन् ।

गत वर्ष ५० हजार ६ सय ४६ विद्यार्थीले जीपीए २.८५ देखि ३.२० ल्याएका थिए भने यसवर्ष ४९ हजार ३७ जना विद्यार्थी छन् ।

अघिल्लो वर्ष जीपीए २.४५ देखि २.८० सम्म ल्याउने ६१ हजार ९ सय ५५ जना विद्यार्थी थिए भने यसवर्ष ७० हजार ५ सय १२ जना छन् ।

यसैगरी, गतवर्ष सबैभन्दा तल्लो स्तर मानिने जीपीए जिरोदेखि जिरो दशमलव ८० सम्म ल्याउने विद्यार्थी १५ जना थिए भने अहिले शून्य रह्यो ।

गत चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षाका लागि नियमित तथा एक्जाम्टेड समूहको साधारणतर्फ चार लाख ७६ हजार ८ सय ५२ जना र प्राविधिक धार तर्फ ८ हजार ७ सय ३४ जना गरी चार लाख ८५ हजार ५ सय ८६ जनाले परीक्षा फाराम भरेका थिए ।

तीमध्ये २१ हजार ८ सय ९७ जना परीक्षामा अनुपस्थित रहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार परीक्षाको मर्यादाविपरीत काम गरेका ९ जना परीक्षार्थीको सबै विषय र ११ जना परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको छ ।

समग्र रिजल्डकाे संख्या यस्ताे छ....  

GRADE             NO. OF EXAMINEES
A plus ----------- 14, 234
A ----------------   46, 130
B plus -------      59, 037
B ---------------    70, 512
C plus------------ 61, 870
C ----------------  100,043
D plus------------ 35,000
D ---------------   58, 688

सी ग्रेडभन्दा कम ल्याउनेलार्इ ग्रेड सुधार परीक्षाकाे अवसर 

सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डि र ई ग्रेड ल्याउने परीक्षार्थीले जति विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यस्ता विषयमध्ये विद्यार्थीले चाहेको विषयमा ग्रेडवृद्धि (पूरक) सम्बन्धी परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

यस्तो परीक्षा आगामी साउन २३ गते सञ्चालन गरिने पनिकाले जनाएको छ । कुनै परीक्षार्थीले आफ्नो नतिजामा चित्त नबुझेमा प्रति विषय पाँच सय रूपैंया तिरेर पुनर्योग गर्न पाउने व्यवस्था पनि पनिकाले गरेको छ ।

...

आइतबार १०, असार ०७५

प्रतिक्रिया

Related