भूमिसुधार गर्दै सरकार, भूमिमाथि मोहीको दोहोरो स्वामित्व अन्त्य हुने

भदौ ४ भित्र निवेदन दिन सरकारले गर्यो सूचना (सूचना सहित)
निर्माण सञ्चार, काठमाडौं । जमिनमाथिको दोहोरो स्वामित्व हटाउँदै ‘वैज्ञानिक भूमिसुधार’ गर्न लागिपरेको सरकारले मोहियानी हकमा रहेको दोहोरो स्वामित्व पनि अन्त्य गर्ने भएको छ ।

कृषि मन्त्रालय अन्तर्गत ‘मोहियानी समस्या समाधान एकाई’ का नाउँमा सूचना जारी गर्दै सरकारले जग्गा बाँडफाँडको निवेदन आह्वान गरेको हो ।

आउने भदौ ४ गते भित्र मोही र जग्गा धनीबीच जग्गा बाँडफाँडको निवेदन सम्बन्धित कार्यालयमा दिइसक्न सरकारले मंगलबार जारी सूचनामा निर्देशन गरेको छ ।

सूचना अनुसार भूमिसुधार र मालपोत कार्यालयहरुलाई जग्गा बाँडफाँडका लागि मोही तथा जग्गा धनीहरुबाट निवेदन दिन आउन सूचना प्रवाह गर्न सरकारले निर्देशन गरेको हो ।

मन्त्रालयले निर्देशन अनुसार प्राप्त निवेदनमाथि तदारुकताका साथ छानबिन गरी बाँडफाँड सम्बन्धी निर्णय गर्न र बाँडफाँडमा कुनै समस्या भए समाधानका लागि विभागमा पठाउन निर्देशन दिएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार प्रक्रिया सुरु भएदेखि अन्त्यसम्मका सबै कामको नियमित प्रगति विवरण पनि विभागमा र मन्त्रालयमा पठाउन भनिएको छ ।

मन्त्री बनेलगत्तै मोहियानी समस्या समाधान गर्ने बताएका कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले यो अभियानले सफलता हाता नलिई विश्राम नलिने बताएका छन् ।

उनले गत वैशाख २३ गते आफ्नो कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र मोहियानी समस्या समाधान गर्ने घोषणा गरेका थिए ।

सरकारले निकालेको सूचनाअनुसार ०७६ भदौ ४ भित्र जग्गा बाँडफाँडको टुंगो लगाइसक्ने उल्लेख छ ।

 

 

...

मंगलबार, १२ असार, ०७५

 

प्रतिक्रिया

Related