माथिल्लो तामाकोशीको खुल्ने भो आइपिओः ३० देखि ३०० सम्म कित्ता किन्न पाउने

प्रभावित दोलखा जिल्लाका स्थानीयबासीका लागि आइपिओ निष्कासन
निर्माण सञ्चार, काठमाडौँ | स्वदेशी लगानीमै बन्न लागेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ (आइतबार) गतेबाट निष्कासन हुने भएको छ ।

दोलखामा ४ सय ५६ मेगावाटको सो जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले स्थानीयबासीका लागि सेयर बिक्री खुला गरेको हो ।

स्थानीयहलेसाउन ९ गतेसम्म सेयर खरिद गर्न आवेदन दिन पाउने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लिमिडेडका सूचनाअधिकारीले जानकारी दिए ।

प्रवर्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले सय रुपियाँ अंकित २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

बाँकी १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई छुट्ट्याइएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार स्थानीयका लागि न्यूनतम ३० कित्ता र बढीमा ३ सय कित्तासम्म खरिद गर्न आवेदन दिन सक्ने भएका छन् ।

कम्पनीकाअनुसार पहिलो चरणको निष्कासन तथा बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । दोलखाबासीलाई ३ चरणमा विभाजन गरेर सेयर बाँडफाँड गरिने कम्पनी बताउँछ ।

आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा रहेकालाई सेयर वितरण गरिने भएको छ । सेयर निष्कासनबाट पहिलो र दोस्रो चरणको २ अर्ब ६४ करोड ७५ लाख रुपियाँ जम्मा हुनेछ ।

यस्तै, सर्वसाधारणलाई बिक्री गरिने सेयर भने अर्को सूचना जारी गरी जानकारी गराइने कम्पनीको भनाई छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गरिने भएको छ ।

सर्वसाधरणले भने ५० देखि हजार कित्तासम्म किन्नका लागि आवेदन दिन पाउँनेछन् ।

तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । उक्त आयोजनाको १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

हाल आयोजनाको ९६ प्रतिशत काम सकिएको कम्पनीले जानकारी दियो ।

...

मंगलबार, १३ असार, २०७५ 

प्रतिक्रिया

Related