शिवम् सिमेन्टको साढे तीन महिनामै ९३ करोड नाफा, निकाल्दै आइपियो

उद्योग प्रभावित क्षेत्रका बासिलाई एक सय रुपियाँ सहुलियतमा आइपीओ निष्काशन
निर्माण सञ्चार, काठमाडौँ | शिवम् सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रति कित्ता ३ सय रुपियाँ र सर्वसाधारणका लागि ४ सय रुपियाँ आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई एक सय रुपियाँ सहुलियतमा आइपीओ निष्काशन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

यसरी अनुमति पाएको शिवम् सिमेन्टले ९ महिनामा ९३ करोड ६६ लाख रुपियाँ नाफा गर्न सफल भएको छ ।

शिवम् सिमेन्टले २०७४ चैत मसान्त अवधीमा सो रकम नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।

२०७४ असारमा शिवमको नाफा ८१ करोड १३ लाख रुपियाँ रहेको थियो ।

कम्पनीले ९ महिनामा २ अर्ब ५२ करोड ४४ लाख रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिन्छ । बोनस र कर अघिको नाफा भने १ अर्ब १९ करोड ८२ लाख रुपियाँ रहेको छ ।

शिवम् सिमेन्ट्स लिमिटेडको चुक्ता पूँजी भने ३ अर्ब ८७ करोड २० लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब १६ करोड रुपियाँ रहेको छ ।

...

मंगलबार, १३ असार, २०७५ 

प्रतिक्रिया

Related