दाताको सहयोगमा वडा कार्यालय र विद्यालय भवन निर्माण

पुराना विद्यालय भवनको मर्मत सम्भार
निर्माण सञ्चार, काठमाडौँ । दाताको सहयोगमा वडा पालिकाको कार्यालय र विद्यालयको भवन निर्माण गरिएको छ ।

संघीय संरचनापछि जुम्लाका अधिकांश वडा कार्यालय, गाउँपालिक र विषयगत कार्यालय स्वास्थ्य, शिक्षा, कृषि लगायतका कार्यालयहरु भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् ।

आठवटा स्थानीय तहका गाउँपालिका कार्यालय र ६० वटा वडा कार्यालयहरु मध्ये ३० वटा वडा कार्यालय साविकका गाविस भवनबाट दैनिक सेवा प्रवाह गरिरहेका छन् ।

अन्य ३० वटा वडा कार्यालय सात वटा गाउँपालिकाका कार्यालयहरुले भाडाकै घरबाट सेवा दिइरहेका छन् । यसैगरी भाडाामा सेवा प्रवाह गरिरहेको तिला गाउँपालिमा ४ नम्बर वडामा भने दाताले वडापालिकाको भवन निर्माणका लागि सहयोग गरिरहेको छ ।

नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित नेपाल ग्रामीण पुनर्निर्माण संस्था संचालित सामुदायिक विकास कार्यक्रमअन्र्तगत वडा कार्यालय भवन निर्माण हुन लागेको हो ।

तिला गाउँपालिका वडा ४ को निर्माणाधीन भवनमा वडापालिका ३ लाख ७० हजार र सामुदायिक विकास कार्यक्रमको १ करोड ७९ लाख ७९ हजार ५ सय २८ रुपियाँ गरी १ करोड ८३ लाख ४९ हजार ५ सय २८ रुपियाँको लागत रहेको छ ।

सामुदायिक विकास कार्यक्रमका प्रमुख दिपक बोहोराका अनुसार तिला गाउँपालिका ४ मा वडापालिकाको कार्यालय भूकम्प प्रतिरोधी र अपांग तथा बालमैत्री भवन निर्माण हुँदै गरेको छ ।

साढे दुई तलाको भवन अहिले निर्माणाधीन अवस्थामा रहेको र भदौ पहिलो सातामा सम्पन्न हुने उनले बताए । त्यसैगरी, दाताको सहयोगमा सामुदायिक विद्यालयको भवन निर्माण गरिएका छन् ।

तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँमा कालिका प्राविको दुई कोठे भवन १५ लाख २६ हजार १ सय ९९ रुपियाँमा निर्माण सम्पन्न भएको हो ।

पातारासी २ तल्फीगाउँमा सरस्वती प्रावि तल्फीको दुई कोठे भवन १४ लाख ९९ हजार ६ सय ३३ रुपियाँ निर्माण सम्पन्न भएको प्रधानाध्यापक बासुदेव शाहले बताए ।

उनले भने, ‘बालबालिकालाई बस्नका लागि भवनको अभाव थियो । सामुदायिक विकास कार्यक्रममार्फत दुई कोठे भवन निर्माण भएपछि सहज भएको छ ।’

सामुदायिक विकास कार्यक्रमको सहयोगमा देउराली मावि जुम्लाकोटमा दुई कोठे भवन १७ लाख ९ हजार २ सय ६० रुपियाँ, मालिका मावि लोडचौर दुई कोठे भवन १६ लाख ४३ हजार ३ सय ८१ रुपियाँ, मालिका मावि टोप्ला दुई कोठे भवन १७ लाख १० हजार ७ सय ८६ रुपियाँ, महादेव निमावि घोडेसिम १६ लाख ४६ हजार ३४ रुपियाँ, सरस्वती प्रावि हुरी दुई कोठे भवन १६ लाख २१ हजार ९ सय २१ रुपियाँ, सूर्यदय निमावि राँसा दुई कोठे भवन १७ लाख ९० हजार ६ सय ५ रुपियाँ, तिनमासे प्रावि दुई कोठे भवन गडिगाउँ १६ हजार ३६ हजार ८ सय ६० रुपियाँ र ओग्रेनी इसिडी भवन कुडी १७ लाख ५ हजार २ सय ८८ रुपियाँमा भवन निर्माण सम्पन्न भएको सामुदायिक विकास कार्यक्रम जुम्लाका प्रमुख दिपक बोहोराले बताए ।

चैत वैशाखको हावाहुरीले विद्यालयका छाना उडाएर बालबालिकालाई पढ्न असज भएका सामुदायिक विद्यालयको छाना मर्मतसमेत गरिएको छ ।

मालिका निमावि आर्चायवाडा छाना मर्मत २ लाख १२ हजार ३ सय ७७ रुपियाँमा भएको छ ।

त्यसैगरी, देउराली निमावि, जनता प्रावि, पुजकाल बालविकास केन्द्रको छाना मर्मत गरिएको जनाएको छ ।

 

कर्णाली प्रदेशबाट सागर परिवारको रिपोर्ट

...

मंगलबार १२, असार ०७५

प्रतिक्रिया

Related