बत्ती विनै बित्यो डा. केसीको पन्ध्रौँ अनसनको पहिलो रात !

डा. केसीको समर्थनमा जिल्लास्थित नागरिक समाज
निर्माण सञ्चार, कर्णाली प्रदेश | चिकित्सा शिक्षा सुधारका लागि लामो संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीको अनशनको पहिलो रात अव्यवस्थित रुपमै वितेको छ ।

‘अनशनरत स्थानमा केहीको व्यवस्था छैन न विजुली, न पानी न शौचालय वत्तिको व्यवस्था नभएकाले उहाँको अध्यारोमै रात वित्यो’, डा. केशीका भाईले गुनासो पोखे ।

अध्यारोमा बस्न निकै कठिन भएर दियालोले रात काट्नेको बताउँदै उनले अनशन स्थलमा विजुली बत्तिको व्यवस्था गरिदिन माग गरेका छन् ।

‘ठुलो कवर्डहलमा पानि चुहिन्छ, चिसो बढेको छ, लुगा कपडाको व्यवस्था पनि छैन, डा. केसीलाई जाडोले समस्या बनायो उनले भने, ‘यस्तै अवस्था रहे उहाँको स्वास्थ्यमा छिट्टै समस्या आउने छ ।’

डा. केसीले जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले उनलाई शनिबार नियन्त्रणमा लिएको थियो ।

सरकारले चिकित्सा शिक्षा अध्यादेश नयाँ ल्याउने तयारी गरेपछि पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग गर्दै उनले १५ अनसन जुम्लाको प्रहरी हिरासतमै सुरु गरेको छन् ।

शनिबार ५ बजेबाट अनशन शुरु गरेका डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएको उनका भाई बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बनाएर आएका डा. केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा प्रहरीको नियन्त्रणमा सारिएको हो ।

चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको दुई सय मिटर वरपरसम्म अनशन गर्न नदिने भन्दै निषेधित क्षेत्र घोषणा गरेको छ ।

डा. केसीको समर्थनमा जिल्ला स्थित नागरिक समाज, युवाहरु रहेका छन् । नागरिक समाज जुम्लाले डाक्टर केसीका माग जाहेज भएको भन्दै माग पुरा गर्न आग्रह गरेको छ ।

नागरिक समाज अध्यक्ष राजबहादुर महतद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘लोकतन्त्रमा शान्तिपुर्ण भेला हुन पाउने आफ्ना माग सार्वजनिक गर्न पाउनुपर्छ तर, प्रशासनले आम नागरिकले आवाज हटाउने दुष्प्रयास गरेकोले यो कार्य निन्दनिय छ, यस विषयको खेद प्रकट गर्दर्छौ ।’ ‘असारे झरीको चिसो पनि बढेको छ, लामखुटे लागेर हैरानी भईरहेको छ , यस्तै कष्टका बीच डाक्टर केसीको अनसन जारी छ’ उनले भने ।

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

आइतबार, १७ असार, २०७५ 

प्रतिक्रिया

Related