परिसंघले चलायो ‘कृषिका लागि नवीकरणीय ऊर्जा र जैविक मल प्रयाेग’ विषयक अन्तरक्रिया

नवीकरणीय ऊर्जा प्रविधिको उपयोगितामा अवसर र चुनौती बारे छलफल
निर्माण सञ्चार, काठमाडौँ । असारे पन्ध्र (धान दिवस) को छेक पारेर नेपाल नवीकरणीय ऊर्जा परिसंघले ‘नवीकरणीय ऊर्जा र जैविक मल’ अन्तरक्रिया कार्यक्रम चलाएको छ ।

शनिबार राजधानीमा आयोजित उक्त कार्यक्रममा अध्येता, अर्थविद्, ऊर्जाविज्ञ, उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमले खाद्य पदार्थ उत्पादनमा यान्त्रीकरण गरिनुका साथै जनशक्तिको उच्चतम उपयोगिताको सीप विकास, सहज लगानीका लागि सरकारले ऋण र अनुदान उपलब्ध गराउनुपर्ने निश्कर्ष निकालेको छ ।

विज्ञहरुले रासायनिक मलको सट्टामा जैविक मल प्रयोग गर्ने सल्लाह दिएका छन् । यसैगरी जैविक मल उत्पादन गर्न ठूलो वायोमास स्थापना गर्नुपर्ने र उक्त कार्यमा सरकारको हातेमालो हुनुपर्ने बताए ।

जैविक मलको प्रयोगल अबौँ रुपियाँ पर्ने रासायनिक मलको आयात रोकिने र माटोको उर्भरा शक्ति पनि जोगिने उक्त सम्मेलनले निष्कर्ष निकालेको छ ।

अन्तरक्रिया कार्यक्रमका वक्ता हरि रोकायले भने, ‘विद्यमान अवस्थामा नेपालको कृषि व्यवसाय श्रम, सीप, लगानीका लागि उपयुक्त वातावरण नभएकोले संकटमा परेको हो ।’

उनले कृषकबाट जीवन धान्न गाह्रो भएकाले वैदेशिक रोजगारीमा आकर्षण बढिरहेकोले स्थानीय सीपमा आधारित वैज्ञानिक कृषि अनुदानको व्यवस्था गरेर कृषकको आयस्तर सुधार्नतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।

उक्त अन्तरक्रियामा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रष्ठिानका वरिष्ठ वैज्ञानिक डा. रबिन्द्र ढकालले जैविक अंगार (बायो चार) को प्रयोग कृषिका लागि फाइदा हुने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रवन्धक प्रकाश अर्यालले ठूला बायोग्यासबाट उत्पादित ग्यास सिलिन्डरमा भरेर भान्छामा प्रयोग गर्न सकिने बताए । यसै गरी, सिँचाईको सुविधा नपुगेका खेतमा सिँचाइ गर्न सौर्य पम्पको प्रविधिले कृषकलाई सहज हुने जीवन वैद्यले बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन गरी प्रयोगमा ल्याइए कृषकहरुलाई सहज हुने बताए ।

...

आइतबार १७, असार ०७५

प्रतिक्रिया

Related