एसएमएस गर्नुस्, मुग्लिन सडकखण्डमा के भइरहेछ थाहा पाउनुस्

कहाँदेखि कहाँसम्मको सडकको ताजा अपडेट ?
निर्माण सञ्चार, काठमाडौँ | नारायणगढ–मुग्लिन सडकखण्डको अवस्थाबारे अब एसएमएसबाटै बुझ्न सकिने भएको छ ।

पटक–पटक पहिरो गएर सास्ति खेपिरहेका यात्रुहरुले सो सडकखण्डमा अबरुद्ध भए नभएको सूचना एसएमएसबाटै थाहा पाउने भएका हुन् ।

सडकको अवस्थाबारे आम यात्रुलाई जानकारी दिने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले यस्तो सेवा सुरु गरेको बताएको छ ।

‘उक्त सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले मार खेप्नु परेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले बताएको छ ।

सो सूचना प्राप्त गर्न nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्ने महाशाखा बताउँछ ।

...

आइतबार, १७ असार, २०७५ 

प्रतिक्रिया

Related