सुनिता दनुवार विश्व प्रतिष्ठित हिरोः ट्रम्पकी छोरीकाे हातबाट अवार्डेड

यो अवार्ड पाउने दोस्रो नेपाली
निर्माण सञ्चार, काठमाडौँ । अमेरिकाले वार्षिक प्रदान गर्दै आएको ‘ट्राफिकिङ इन पर्सन हिरो–२०१८’ शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारले हात पारेकी छिन् ।

शक्ति समूहकी सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको क्षेत्रमा सेवा गरेको भूमिकाको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरीले दनुवारलाई प्रदान गरेकी हुन् ।

अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई छनोट गरी हिरो अवार्ड दिने गरेको छ । यो अवार्ड पाउने दोस्रो नेपाली हुने दनुवार ।

यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् । अमेरीकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउँदै उद्धार र पुनःस्थापना तथा कानुनी लडाइँमा सफलता प्राप्त गर्ने विश्वभरिका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्दछ ।

बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समूह विश्वकै पहिलो संस्था हो । अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको रुपमा शक्ति समूहलाई मान्यता दिइएको छ ।

दनुवारले मानब बेचबिखन बिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरीकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

शक्ति समूहले मानव बेचबिखन तथा आधुनिक दासताविरुद्ध २० वर्षदेखि निरन्तर क्रियाशील छ ।

...

शुक्रबार १५, असार ०७५

प्रतिक्रिया

Related