इपिएस कोरिया भाषाको नतिजा प्रकाशित, ७ हजार ९ सय ९६ उत्रिण (नतिजासहित)

कृषिमा २ हजार ९ सय ६८ र उत्पादनमा ५ हजार २८ जना उत्रिण
निर्माण सञ्चार, काठमाडौँ । सन् २०१९ को लागि लिइएको इपिएस कोरियन लिएको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

जेठ २६ र २७ गते इपिएस कोरिया शाखाले लिएको भाषा परीक्षाको नजिता प्रकाशित भएको हो ।

इपिएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले भने, ‘यस वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीण भएका छन् । जसमा कृषिमा २ हजार ९ सय ६८ जना र उत्पादन क्षेत्रमा ५ हजार २८ जनाको नाम प्रकाशन गरिएको छ ।’

यो वर्ष कोरियाले ७ हजार १ सयको कोटा दिएकोमा ७ हजार ९ सय ९६ जनाको नतिजा प्रकाशित भएको छ । सुरुमा माग गरिएको संख्याभन्दा यो ८ सय ९६ जना बढीको नतिजा हो ।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाहित गर्न धेरै समय लगाउँदैन ।

 

हेर्नुहोस् नतिजा...

 

 ...

शुक्रबार १५, असार ०७५

प्रतिक्रिया

Related