व्यावसायिक खेतीमा बढ्दो आकर्षणः कराेडपति बन्ने सपना भयाे पुरा !

विकासमा सहयोगी भूमिका खेल्ने अपेक्षा
निर्माण सञ्चार, कर्णाली प्रदेश । स्वदेशी रोजगारी नपाउँदा लाखौँ नेपाली युवायुवती विदेशमा रोजगारीका लागि भौँतारिएका छन् । स्वदेशमै उद्यम गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा बुझ्न सकेको अवस्था छैन ।

खाली विदेशमा राम्रो पारिश्रमिक पाउने बानीले गर्दा स्वदेशको माटो बाँझो हुन थालेका छ । स्वदेशममै उद्यम गरेर

उदाहरणीय काम गरेका व्यक्तिहरु पनि धेरै छन् । विहान बेलुकाको छाक टार्न र एक आङ लत्ता लगाउनका लागि स्वदेशको उद्यम व्यवसाय नै काफी छ । तर पनि हाम्रा युवायुवतीप्रति विदेशको मोह बढिरहेको छ ।

स्वदेशमै समृद्धिको सपना सजाउन सके हरेक कुरा सम्भव हुनेमा विश्वस्त छन् जुम्लेली किसान दाजुभाइहरु । जुम्लामै बसेर विगत पाँच वर्षदेखि तरकारी खेती गर्दै आएका कृर्षक कर्ण हमालल पहिला कसरी तरकारी खेती गर्ने ? कहाँ बेच्ने ? भन्ने विषयमा अलमल हुन्थ्ये ।

विस्तारै आधुनिक खेतीका बारेमा पाउँदै गएपछि तरकारीबाटै राम्रो आयआर्जन गर्न सकेको बताउँछन् । पहिला तरकारी खेती गर्न झन्झट मान्ने उनका परिवार अहिले ज्यान दिएर तरकारी खेतीमा लागेका छन् । उनको परिवार रातदिन नभनी खेतबारीमै काम गर्छन् ।

टमाटर, प्याज, आलु, खुर्सानी, काँक्रा, काउली गाँजरलगायतका तरकारी कर्ण हमालका बारीमा बाह्रैमास फल्छ । उनी बिहानै उठेर कुडारीबाट पश्चिम पर्ने नाग्म, रारा, त्रिवेणी तथा पूर्वको जुम्ला सदरमुकाम, एैरेनी, तातोपानी बजारमा बेच्ने गरेको उनको भनाइ छ ।

कुनै पनि खेती, व्यवसायलाई व्यवसायीकता बनाउन सके मनग्य आम्दानी गर्न सकिने उनले बताए । हमालले भने, ‘५ रोपनी जग्गा भाडामा लिएर व्यक्तिगत तरकारी खेती गरेको छु ।’

उनले थपे, ‘अहिले वार्षिक रुपमा सबै खर्च कटाएर ३ लाख बचत हुन्छ । पहिला केही रकम कामदारहरुमा खर्च हुन्थ्यो ।’

विकास परियोजनाले हाते टयाक्टर सहयोग गरेपछि ज्यालाको रकम पनि बचतमै जोडिएको बताए । तरकारी खेती गरेर लाखौँ रकम लिइसकेका कृषक कर्ण हमाल आफूले अब तरकारी बेचेरै करोडौँको मालिक बन्ने सपना देखेको बताउँछन् ।

हमालले भने, ‘पहिला वार्षिक हजारमा कमाउन्थे, अहिले लाखमा छु ।’

उनले थपे, ‘अब मेरो लक्ष्य करोडपति हुने भएको छ ।’ प्रविधियुक्त तरकारी खेतीमा जोड दिँदै, विभिन्न शहरमा जुम्लाको अर्गानिक तरकारी पठाउने उनले अठोट गरेका छन् ।

व्यवसायीक खेतीमा आर्कषण

तिला गापा ३ का कर्ण हमालको सफल्तासँगै कुडारीका ३० जना बढी स्थानीयले एकैसाथ तरकारी खेती गर्न थालेका छन् ।

व्यवसायिकताले हरेक व्यक्तिलाई आफ्नो उचाइमा पुर्याउने भन्दै यहाँका किसान दाजुभाइ व्यवसायिक तरकारी खेतीतर्फ आर्कषित भएका छन् ।

बिहानबेलुका खाने मात्रै नभई तरकारी खेतीलाई आर्थिक उपार्जनसँग जोड्ने प्रयासमा जुम्ला तातोपानी ३ का किसान लागि परेका छन् ।

तरकारी व्यवसायबाट करोडपति हुन ढिला नलाग्ने कृर्षक कालिबहादुर बुढाले बताए ।

अर्का किसान प्रदिप रावलले भने, ‘पानी भएको ठाउँमा पनि विकास परियोजनाले साना सिँचाई प्राविधिक जडान गरेको जसले तरकारी खेती गर्न सहज भएको छ ।  अब सानोतिनो खेती गदैनौँ । व्यवसायीकतालाई जोड दिन्छौँ ।’

सामुहिक तरकारी खेती लगानी

झण्डै २० रोपनी जग्गा लिचमा लिएर सामुहिक तरकारी खेती सुरु गरेको कृषक दिपेन्द्र हमालले बताए । २ लाख प्रति व्यक्ति लगानी गरेका छन् । पाईप, आवश्यक प्रविधि, बिउ विकास परियोजनाले सहयोग गरेको छ । पाँच जनाले गरेको सामुहिक तरकारी खेती कुडारीमै नमुना बन्ने आशा उनिहरुको छ ।

कर्ण हमालको आम्दानी देखेर हामीलाई पनि तरकारी खेती गर्न अभिप्रेरित गरेको अर्का किसान पदम भट्राईको दाबी छ ।

कर्ण हमालको अगुवाईमा दिपेन्द्र हमाल, पदम भट्राई, लाल बहादुर भट्टराई र जयलाल भट्टराईले सामुहिक तरकारी खेती गरेका हुन ।

विकास परियोजना सहयोगी

जुम्लेली किसानलार्इ करोडपतिको सपना देखाउने विकास परियोजना नै हो । जुम्लाका अधिकांश किसान छन् ।

स्वदेशमै गरे सुन फलाउन सकिने सन्देश पनि विकास परियोजनाले दिएको कृर्षक देविकन्या भटट्राईले बताइन ।

जुम्लाका गाउँमा गाउँमा तरकारी खेती भइरहेका छन् ।

भट्टराईले भनिन, ‘सफल बन्ने किसानमा निर्भर रहने कुरो हो । तर विकास परियोजानको सफलता नै जुम्लाको किसानको आयस्तरमा आएको परिवर्तन भएको छ ।’

उनले थपिन, ‘हामी अझै आबश्यकतामा आधारित कुराहरु सिकाउने गरेका छौ । किसानको माग अनुसार काम गर्नेछौँ ।’

उत्पदित तरकारीको बजारीकरण तथा आयस्तरमा वृद्धिका लागि पनि बेला बेला बहस गर्ने गरेको बताए । कृषिबाटै आत्मनिर्भर बनाउने हाम्रो अभियानमा कृर्षक जागरुक भएर लागेको प्रति खुसी व्यक्त गरे ।

राष्ट्रियस्तरमा काम गर्ने पत्रकारहरुद्धारा विभिन्न योजनामा गरिएको संयुक्त अनुगमनबाट विकास परियोजनाले गरेका कामबाट यहाँका किसान आत्मनिर्भर बन्दै गएको पाइएको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारकाे रिपाेर्ट 

...

शुक्रबार १५, असार ०७५

प्रतिक्रिया

Related