जब मन्त्री नै बने रोपार, स्थानीय कृषक उत्साही

निर्माण सञ्चार, काठमाडौँ |  १५ औँ राष्ट्रिय धानदिवस कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव)ले कपिलवस्तुको तिलौराकोटमा मनाएका छन् ।

शुक्रबार बिहानै रोपाईँमा सहभागी भएका मन्त्री खनालले स्थानीय कृषकसँगै धान रोपेर धान दिवस मानाएका हुन् ।

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट दरवारको पूर्वी गेटतर्फ रोपाइँ महोत्सव समेत आयोजना गरिएको थियो ।

मन्त्री खनाल सोही स्थानमा आफ्ना सहयोगीहरुसहित हातमा धानका बेर्ना लिएर खेतमा छिरेका थिए ।

मन्त्री खनालले स्थानीय सँग नाच्दै गाउँदै धान रोपेका थिए ।

स्थानीय पनि मन्त्री खनालसँगै धान रोप्दा निकै उत्साही बनेका थिए । स्थानीयले मन्त्रीका निधारमा दशैंको टीका लगाए जिस्तै हिलोको टीका समेत लगाइ दिएका थिए ।

मन्त्री खनालले हिलाम्मे खेतमा केही समय जोतेका थिए ।

स्थानीयसँगै मन्त्री खनालले मनाएका धान दिवसका दृष्य निकै रमाइलो रहेको रोपाईं महोत्सव आयोजक समितिका राजेश ज्ञवालीले जानकारी दिए ।

कपिलवस्तुको तिलौराकोटमा तत्कालीन राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्न सुरु गरेको किम्वदन्ती छ ।

लुम्बिनी विकास कोषले सो ठाउँमा ‘धान रोपाईं मंगलोत्सव’ आयोजना गरेको अयोजनक ज्ञवालीले बताए ।

...

शुक्रबार, १५ असार, २०७५ 

प्रतिक्रिया

Related