एनएमबी–एनसीएचआरसी बिच सम्झौताः एनएमबी बैंकका ग्राहकलाई क्यान्सर अस्पतालमा विशेष छुट

क्यान्सर सम्बन्धी विभिन्न रोगमा ७ देखि १० प्रतिशतसम्म छुट
निर्माण सञ्चार, काठमाडौँ । एनएमबी बैंंकले आफ्ना ग्राहकलाई उपचार खर्चमा विषेश छुट दिने योजना अनुरुप क्यान्सर अस्पतालसँग सम्झौता गरेको छ ।

उक्त उपचार सहुलियतको लागि एनएमबी बैंक र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (NCHRC) बिच विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने विशेष सम्झौता (MOU) गरेको छ ।

सम्झौतामा NMB Bank का Chief Business Officer सुदेश उपाध्याय र NCHRC का Executive Chairman डा. सुदिप श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका थिए ।

यस अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न किसिमका क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौताअनुसार एनएमबी भिजा डेविट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरी अस्पतालमा क्यान्सर रोगको उपचारको लागि Screening Package, Radiology, Laboratory and Bed Charges मा १० प्रतिशत र Radiation Therapy and Brachytherapy मा ७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

बैंंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता विभिन्न किसिमका सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ ।

हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।

प्रेस विज्ञप्ति...

   ...

मंगलबार १९, असार ०७५

प्रतिक्रिया

Related