सप्तकोशीमा बढ्यो बाढी, सतर्क रहन चेतावनी !

कति मिलिमिटर वर्षा ?
निर्माण सञ्चार, काठमाडौँ | सप्तकोशी नदी आसपासका क्षेत्रमा भिषण वर्षा भएर पानीको बहाव ह्वात्तै बढेसँगै स्थानीलाई सर्तक रहन चेतावनी दिइएको छ ।

२४ घण्टामै सप्तकोशी नदीको पहाडी क्षेत्रमा अत्याधिक बर्षा भएकाले जल तथा मौसम पूर्वानुमान विभागले सर्तक रहन चेतावनी दिएको हो ।

सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको विभागले जानकारी दिएको छ । त्यस्तै, १२ घण्टाभित्रै ९१ मिलिमिटर बर्षात् भएको छ ।

विभागकाअनुसार भारी बर्षात् भएर पानीको सतह पनि बढ्दै गएपछि सर्तक रहन चेतावनी दिइएको हो ।

देशकै ठूलो सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि अत्याधिक बर्षा भइरहेकाले विभागले सतर्क रहन अनुरोध गरेको छ ।

‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र हाल पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन आग्रह गरिएको छ’ विभागले भनेको छ ।

साथै आज र भोली देशको पहाडी तथा चुरे र तराईको केही भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना देखिएकोले स–साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाइ राख्न विभागको आग्रह छ ।

 

...

आइतबार, १७ असार, २०७५

प्रतिक्रिया

Related