ठूलो चट्टान खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

लगातार वर्षाका कारण पहिरो हटाउन समस्या
निर्माण सञ्चार, काठमाडौँ । अविरल वर्षापछिको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि एकतर्फी सञ्चालन भइरहेको उक्त सडकखण्ड बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको जनाएको छ ।

पानी परिरहेकोले बाटोको पहिरो पन्छाउन समस्या भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

...

सोमबार १८, असार ०७५

प्रतिक्रिया

Related