पाशुपत क्षेत्रमा सनराइज बैंकको काउन्टर सञ्चालन हुने

निर्माण सञ्चार, काठमाडौँ । पाशुपत क्षेत्रमा सनराइज बैंकको काउन्टर सेवा सुरु हुने भएको छ ।

सनराइजले बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषसँग पर्यटक प्रवेश काउन्टर संचालन सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौतामा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगैै विभिन्न मुलुकबाट पाशुपत क्षेत्र भ्रमणका लागि आउने पर्यटकलाई क्रमशः तिलगंगा पर्यटक काउन्टर, वत्सलेश्वरी पर्यटक काउन्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउन्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउन्टर गरी ४ स्थानमा पर्यटक प्रवेश काउन्टर राखी टिकट बिक्री गर्ने स्थान उपलब्ध गराइने भएको छ ।

कार्यक्रममा बैंक संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड, श्री ज्योतिकुमार बेगानी, श्री ओमकृष्ण जोशी तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद् सदस्यहरु, कार्यकारी निर्देशक, वरिष्ठ निर्देशक लगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

...

सोमबार १८, असार ०७५

प्रतिक्रिया

Related