के होला ब्राजिलको भविष्य ! क–कसको हुँदैछ भिडन्त आज ?

इतिहासमै ब्राजिल विरुद्ध गोल गर्न नसकेको मेक्सिकोले गर्ला के ? जापान र बेल्जियममा मार्ला कस्ले बाजी ?
निर्माण सञ्चार, एजेन्सी । यो विश्वकपको अबको बाटो कता जाँदैछ भन्नेबारे विश्वकै दर्शकहरु छक्क परेका छन् ।

किनकि, साबिक विजेता जर्मनी लिग चरणबाटै बाहिरिनु र बिजेता दाबेदारका रुपमा दरिएको विश्व फुटबलका स्टार लियोनेल मेस्सीको अर्जेन्टिनी र क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले पनि पराजय भोगेपछि अबको विश्वकप खासगरी उनीहरुका फ्यानका लागि विश्वकप रहेन ।
उनीहरु बाहिरिएसँगै इंग्ल्यान्ड, बेल्जियम जस्ता राष्ट्रहरुले आफ्नो जितका लागि बाटो फराकिलो भएको प्रतिक्रिया दिइसकेका छन् ।

जहाँबाट स्पेन र डेनमार्क जस्ता राष्ट्रले पनि झोलीतुम्बा भिरिसकेको अवस्था छ ।

मेस्सी र रोनाल्डो पछिको हिरो नेमार

आज हुने खेलले त्यतिकै कौतुहल जगाएको छ, कि विश्वमा मेस्सी र रोनाल्डो पछिको हिरोका रुपमा ब्रजिलियन स्ट्राइकर नेमारलाई पनि लिइन्छ ।

उनको टोली आज नेपाली समय अनुसार पौने ८ बजेबाट डेढ घण्टा मेक्सिकोसँग मैदानमा भिड्ने छ ।

ब्राजिल र मेक्सिको कस्ले मार्ला बाजी ?

हुनत इतिहास अनुसार विश्वकपमा मेक्सिकोले ब्राजिलविरुद्ध अहिलेसम्म गोल हान्न सकेकै छैन ।

यस अघि यी दुई टोलीबीच भएका ४ भेटमा मेक्सिकोले ११ गोल खाएको छ चालू विश्वकपको समूह ‘ई’ विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता मेक्सिकोबीच हुने खेल सबैको चासो र चर्चामा छ ।

समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरीमा टुंगिएको ब्राजिल र दुई खेलमा जित र एक खेल हारेको मेक्सिकोबीच अहिलेसम्म ४० खेल भइसकेका छन्, जसमा ब्राजिलले २३ खेल जितेको छ ।

मेक्सिकोले मात्र १० खेल, त्यस्तै ७ वटा खेल भने बराबरी भएका छन् । सबैलाई हिसाब गर्दा मेक्सिकोविरुद्ध ब्राजिलले ७३ गोल हानिसकेको छ भने ३६ गोल खाएको छ ।

आँक्न कम मिल्दैन मोक्सिकोलाई !

अचम्म के छ भने, समूह चरणको पहिलो खेलमा विश्वविजेता जर्मनीलाई मेक्सिकोले पराजित गर्दै धेरैलाई अचम्म पारेको छ ।

त्यसपछिका खेलमा मेक्सिकन टिमको प्रस्तुति सोचेजस्तो देखिएन । स्वीडेनसँग भएको अन्तिम खेलमा उसले ३-० गोलले हार्नु परेको थियो ।

सबैले सोचे भन्दा फरक परिणाम देखिएसँगै, यसपटकको विश्वकपको अनुमान अनुसार नहुने हो कि भन्ने डर कायमै छ ।

किनकि, यो विश्वकप सुरु नहुँदै ब्राजिललाई विश्वकप विजेताकै रुपमा लिइएको थियो ।

तर राम्रा भनिएका टोली विश्वकपबाट बाहिरिरहेका बेला महत्वपूर्ण स्थानका खेलहरुमा सोचेभन्दा फरक परिणामले कतै ब्राजिल पनि ‘आउट’ हुने तै हैन ?

आशंका पैदा भएको छ । किनकि, ब्रजिलियन टोलीमा नेमार मात्रैले उसलाई जिताउन सहज छैन भन्नेहरु पनि छन् ।

तर, यदि ब्राजिलले जितेमा, मेक्सिको ब्राजिलसँग सातौं पटक अन्तिम १६ को खेलबाट बाहिरिने पक्का छ ।

विश्वकपमा मेक्सिकोको यो ५७ औं खेल हुनेछ, जहाँबाट मेक्सिको विश्वकप नजित्ने राष्ट्रमध्ये सबैभन्दा बढी अंकको भारी बोकेर बाहिरिने छ ।

के होला बेल्जियम र जापानको भविष्य ?

सोमबार राति पौनो १२ बजेबाट बेल्जियम र जापानबीच भिडन्त हुने छ ।

यो भिडन्तमा जो विजेता बन्ने छ, त्यसले ब्राजिल र मेक्सिकोबीच बन्ने विजेतासँग क्वार्टरफाइनलमा आमने सामने हुनु पर्ने छ । जापानका लागि माया योसिदा आशाका केन्द्र बनेका छन् ।

जसले जारी विश्वकपमा एसियाली टोलीको साख जगाएको थियो ।

नकआउट चरणमा बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्दा जापानको रक्षापंक्तिको मुख्य जिम्मेवारी माया योसिदाको काँधमा आएको दर्शकहरुको अनुमान छ ।

योसिदा टोलीमा मुख्य रक्षक हुन् । योसिदाले जापानको पछिल्लो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका व्यक्ति पनि हुन् ।

को को भिड्दैछन् आज र भोलि ? 

 

...

सोमबार, १८ असार, ०७५

 

प्रतिक्रिया

Related