आवश्यक पहिचानका आधारमा बजेट

दुवै विधेयक साउन १ देखि लागू हुने
निर्माण सञ्चार, कर्णाली प्रदेश । तातोपानी गाउँपालिकाले सोमबार दुईवटा विधेयक पास गरेको छ ।

८ वटै वडामा आवश्यकतालाई प्राथमिकतामा राखेर आवशयकता पहिचान गरी बजेट बाडफाँड गरिएको छ । गाउँपालिकाले आर्थिक विधयेक २०७५ र विनियोजन विधेयक २०७५ तेस्रो गाउँसभाको बैठकबाट पास गरेको गाउँकपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए ।

उनका अनुसार दुवै विधेयक आगामी आव २०७५/७६ को साउन १ गतेबाट लागू हुने छन् ।

आवश्ययकतालाई पहिचान गरी तेस्रो गाउँसभामा प्रस्तुत गरिएको ३३ करोड बढी बजेट ८ वटै वडामा समान्नतर रुपमा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए ।

उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने संघिय सरकारको सपनालाई सफल बनाउने खालका योजना तथा कार्यक्रमलाई प्रथामिकता दिइएको छ ।’

बजेट तथा विधेयक प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले भनिन् ‘आर्थिक विधेयक २०७५ को प्रभावकारी कार्यान्वयन स्वरुप गाउँपालिकाको आर्थिक आम्दानीका लागि विभिन्न कर प्रणाली निर्धारण गरिएको छ ।’

उनले थपिन, ‘नछुटिने तथा नदोहोरिने गरी योजना तथा कार्यक्रमहरु तय गरेको छौँ । यसको कार्यान्वयका लागि सबै निकायसँग समन्वय गरेर अघि बढ्ने योजना बनाएका छौँ ।’

८ वटै वडामा स्वास्थ्य, शिक्षा, सिचाई, संचार तथा सडकलाई विशेष प्रथामिकता दिएर बजेड बाँडिएको छ । युवा उद्यमी सृजना गर्न निरव्याजी ऋणको व्यवस्था मिलाइएको छ ।

कुनै न कुनै समूहमा आबद्ध भएर व्यवसाय गर्न चाहने युवाले बिना ब्याज लाखौँ रकम चलाउन पाउने दुई नम्बरका वडा अध्यक्ष कृष्ण बुढाले बताए ।

उनले भने, ‘निरव्याजी ऋण कार्यक्रम २ नम्बर वडामा परेको छ ।’ यसको प्रभावकारी कार्यान्वय गरी युवा उद्यमी बढाउने बताए ।

विनियोजित विधेयक तथा आर्थिक विधेयक माथि टिप्पणी गर्दै ६ नम्बर वडा सदस्य आदिप्रसाद न्यौपाने, कर निर्धारण गर्दा व्यापार, व्यवसाय तथा आम्दानीका आधारमा लगाउनु पर्ने बताए ।

हचुवाका भरमा सबैलाई एकैखाले कर लगाए स्थानिय आन्दोलित हुने पनि तर्क दिए । न्यौपानेले बजेट ल्याउनुभन्दा कार्यान्वयमा जोड दिन सुझाव दिए ।

अबको एक वर्षभित्र तातोपानी गाउँपालिका सबै गाउँबस्तीमा सडक पुर्याउने योजना राखिएको छ ।

 

कर्णालीबाट सागर परियारको रिपोर्ट

...

मंगलबार १९, असार ०७५

प्रतिक्रिया

Related