नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो हटाउन दिनभर लाग्ने

५० मिटर लामो पहिरो
निर्माण सञ्चार, काठमाडौँ । लगातार वर्षापछिको पहिरोले क्षति पुर्याउँदा नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लगभग बिहान ५ः३० बजेतिर पहिराे खसेको हुनसक्ने अनुमान प्रहरीले लगाएकाे छ ।

अहिले पनि सिमसिम पानी परिरहेकोले पहिरो खस्नेक्रम जारी रहेको छ ।

पहिरोको लम्बाइ लगभग ५० मिटर भएकोले पहिरो पन्छाउन आज दिनभर लाग्ने स्थिति देखिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।

...

बुधबार २०, असार ०७५

प्रतिक्रिया

Related